Advertisement
SKIP THIS

दुबै मृगौला फेल भएकी रञ्जना तामाङलाई आयो क्यानडाबाट आर्थिक सहयोग


काठमाडौ । दुबै मृगौला फेल भएकी तेमाल गा.पा. वडा नं. ९ पालुघाट निवासी कान्छामान तामाङको छोरी रञ्जना तामाङका लागि क्यानडामा संकलित आर्थिक रकम हस्तान्तरण गरेको छ । क्यानडामा बसोबास गर्दै आएका सोही गाउँका बिरवल लामाले त्यहीँ रहेका नेपाली साथीहरुबाट संकलन गरेको रकम रु १ लाख २७ हजार १ सय ३२ रुपियाँ हस्तान्तरण गरिएको हो ।

शनिबार (बैशाख ४) बिरवल लामाको बुवा सोनाम लामा र बहिनी बिना लामाको हातबाट बिरामी रञ्जना तामाङलाई उक्त रकम हस्तान्तरण गरिएको हो । बिरामीको आर्थिक अवस्थालाई मध्यनजर गर्दै गत महिना देखि युथ फोरम पालुघाटले आर्थिक संकलन अभियान संचालनको थालनी गर्दै विश्वभरी रहेका नेपालीहरुलाई सहयोगका लागी आव्हान गरेको थियो । यसै अभियानलाई साथ दिदै क्यानडामा रहेका बिरवल लामाले आफ्नो साथीभाइहरुसंग आर्थिक संकलन गरि पठाएको हो । क्यानडामा संकलित १४३२$ (चौध सय बत्त्तिस क्यानडियन डलर) दाजु बिरबलले पठाएको जानकारी बिना लामाले दिइन् । ‘यो सहयोगका लागि दजु बिरवल र उहाँलाई बिश्वास गरेर सहयोग गर्नुभएको सम्पुर्ण दाजुभाइहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’ रकम हस्तान्तरण गर्दै बिना लामाले भनिन् । बिना लामाले अफैले संचालन गरेको बिना सिलाई प्रशिक्षण केन्द्रको तर्फबाट पनि छुट्टै ५ हजार रुपैयाँ बिरामीकै हातमा हस्तान्तरण गरेकी छिन् ।

साथै मलेसिया बाट सोही गाउँ पालुघाट टारका भिम बहादुर तामाङले पनि ५ हजार एक सय ५ रुपियाँ सहयोग गरेको छ । उक्त सहयोग रकम युथ फोरम पालुघाटका अभियानता सिंग बहादुर दोङले हस्तान्तरण गरिएको हो ।

भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत बिरामी रञ्जनालाई उक्त सहयोग रकम हस्तान्तरण गर्दा तेमाल गाउँपालिका वडा नम्बर ९ का वडा सदस्य कान्छ लामा, बिरामी रञ्जनाको बुबा कान्छमान तामाङ तथा युथ फोरम पालुघाटका सदस्यहरुको उपस्थिति रहेको थियो ।

छोरीलाई मृगौला दिन तयार छन् तर लाग्ने खर्च कसरी जुटाउने ?

बिरामी रञ्जनाको लागि किड्नी दिन बुबा र आमा दुबै जनाको जस्को मिल्छ त्यसैको दिन राजी भएको छ । सहयोग रकम हस्तान्तरण पश्चात् बिरामीको बुबा कान्छमान तामाङले सहयोगी सबैलाई धन्यवाद दिए । ‘सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद । मेरो आर्थिक अवस्थाले छोरीको उपचार गर्ने कुनै संभावना नै छैन । त्यसैले तपाईंहरुकै सहयोगको अपेक्षा छ । तपाइँहरुकै आशा र भरोसामा छु ।’ आफ्नो दुखेसो पोखे उनले । ‘हामी आमा बुबाको जसको मिल्छ उसको मृगौला छोरीको लागि दिन तयार छौं तर मेरो आफ्नो आर्थिक हैसियतले नभ्याउने भएकोले हजुरहरुसंग यो दुई हात जोडेर बिन्ती गर्न चाहन्छु । मेरो छोरीलाई बचाईदिनुहोस ।’ तामाङले आफ्नो बिन्ती बिसाएर ।

डाक्टरका अनुसार किड्नी ट्रान्सप्लान्टका लागि धेरै रकम आवस्यकता पर्ने भएको छ । तर परिवारको आर्थिक स्थितिले असम्भव रहेकाले हामी सबैको साथ र सहयोगको खाँचो रहेको छ । यसै कुरालाई मध्यनजर गर्दै युथ फोरम पालुघाटले सहयोग अभियान संचालन गरिएको हो । यसमा क्यानडाबाट विरवल लामाले पहल गरिरहेको छ भने दक्षिण कोरियाबाट पदम दोङले अभियान चलाइरहेको छ । साथै विरवल लामा कै पहलमा gofund मार्फत पनि विश्वभरी रहेका मनकारी ब्यक्तिहरुले सहयोग गर्न सकिनेछ ।

अहिले सम्म सहयोग गरेका सम्पुर्णमा हार्दिक धन्यवाद सहित अन्य सहयोगी मनहरुमा सहयोगका लागि युथ फोरम पालुघाटले अनुरोध गरेको छ ।

सहयोगका लागि
विश्वभरीका सहयोगीहरुले सहयोग गर्न दिएको लिङ्कमा जानुहोला ।
https://www.gofundme.com/f/help-ranjana-tamang?utm_source=facebook&utm_medium=social&utm_campaign=p_cf+share-flow-1
दक्षिण कोरियाबाट सहयोग गर्न
Lama padam bahadur/
IBK BANK-
A/c no. 22142398102011
नेपालमा सिधै सहयोग गर्न
बिरामीको दाइ
हर्कमान लामा-9808460369
मुक्तिनाथ बिकास बैक – 04021600330003000001)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...