Advertisement
SKIP THIS

कोरीयामा नेकपा एमाले माधव पक्षका संगठन पनि विस्तार


सत्ताधारी दल नेकपा एमालेका नेतृत्वमा देखिएको विवादको टक्कर अन्तराष्र्टीय क्षेत्रमा पनि पर्न थालेको छ । नेकपा एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालले आ आफनो पक्षलाई संगठित गर्नेक्रममा दक्षिण कोरियामा पनि दुवै पक्षबाट नेतृत्व चयन गर्दै संगठन विस्तार गरेको छ । यसैक्रममा गत शनिबार भर्चुअल जुम मार्फत कोरियामा माधव कुमार पक्षकाहरुको पनि कार्यसमिति गठन भएको घोषणा गरीएको छ ।

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका अन्तराष्ट्रिय संजाल कोरियामा पनि गठन भएको छ । शुभराज भोम्जनको नेतृत्वमा प्रवासी नेपाली मञ्च, दक्षिण कोरियाको केन्द्रिय कार्यसमिति गठन भएको छ। अप्रिल १७ मा सप्पन्न उक्त घोषणा सभाले भोम्जनको नेतृत्वमा १७ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गरेको थियो।

नव गठित समितिको प्रमुख सल्लाहकारमा सन्तोष बराल चयन गरिएको छ भने उपाध्यक्षमा अर्जुन बा.जागरी र रमेश थापा मगरलाई चयन गरिएको छ। यसैगरी महासचिवमा राज कुमार राई (राजु ), सचीवमा अनिता रुम्बा, कोषाध्यक्षमा जगत बा. वाईबा चनयन भएका छन्। सूचना तथा संञ्चार विभागमा अमीर योन्जन,अनुसाशन विभाग प्रमुख जगदिश घराडि , युवा विभाग प्रमुखमा दशरथ कुवरलाई चयन गरिएको छ। केन्द्रिय सदस्यहरुमा झलक क्षेत्री, उमेश कुवर ,युवराज राई (जेम्स ) ,धन कुमार राई (डि आर राई ),टिकाराम भट्टराई ,उदिप थुलुङ, मदन कुमार गौतम र कृष्ण देउजा रहेका छन्।

नेकपा एमाले केन्द्रीय सदस्य एवम प्रवास समन्वयकर्ता श्रीप्रसाद साहको प्रमुख आतिथ्य र पुर्वी एसीया इन्चार्ज पार्टी के. स. राजन राईको विषेश आतिथ्य रहेको थियो भने सभालाई सन्तोष बरालले अध्यक्षता गरेका थिए। घोषणा सभालाई zoom भर्चुअल मीटिङबाट सप्पन्न गरिएको थियो।

कार्यसमितिलाई परिस्थिति अनुसार थप घट गर्दै लैजाने र कोरियामा रहेका नेकपा एमाले बिचार धार र अग्रगामी बिचार धारका कम्युनिस्ट एकता पक्षधरहरूसंग समन्वय गर्दै जाने नवनिर्वाचित अध्यक्ष भोम्जन्ले बताएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...