Advertisement
SKIP THIS

कोरियामा निधन भएका स्व. गगन रावलको परिवारलाई कोरियामा संकलित सहयोग रकम हस्तान्तरण ।


सुर्खेत समाज दक्षिण कोरिया र कर्णाली प्रदेश समाज दक्षिण कोरियाद्वारा सञ्चालित संयुक्त अभियानबाट संकलित कुल रकम मध्येबाट मृतकको कोरियाको अस्पतालमा भएको खर्च र कोरिया देखि नेपाल पठाउन लागेको सम्पूर्ण खर्च कटाएर बचत रकम रु.१७,३०,५०३|- स्व.गगन रावलको परिवारलाई उहांकै घरमा हस्तान्तरण गरिएको छ।

चाैकुने गाउँपालिका वडा न.-०४ घर भएका विगत काेरियाकाे एजुमा ४ वर्ष १० महिना काम गर्दै आएका गगन रावलकाे गत चैत्र १८ गते हृदयघातका कारण मृत्यु भएको थियो। परिवारलाई केही राहत र दु:खमा मलमपट्टि लागाेस् भन्ने उद्देश्यले सुर्खेत समाज दक्षिण काेरिया र कर्णाली प्रदेश समाज दक्षिण काेरियाकाे संयुक्त अभियानमा काेरियामा रहेका युवाहरुकाे सहयाेग संकलनमा उठेकाे रकम २२ लाख रुपैयाँ मध्य मृतककाे मेडिकल लागत खर्च,पार्थिक शरिर नेपाल पठाउनमा लागेकाे खर्चबाट बचेकाे बाँकि सम्पुर्ण रकम १७,३०,५०३|- स्व.गगन रावलकाे परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष द्वय प्रकाश बस्नेत र बखत थापाले बताएका छन्।

आफुले छोरालाई गुमाएपनि कोरियामा रहेका सयौं छोराछोरीहरुको सहयोगले आफुलाई थप राहत भएको गगनका बुवा झंकर रावलले बताउनु भयाे। सुर्खेत समाजका निबर्तमान अध्यक्ष तथा सहयोग हस्तान्त्रण कार्यक्रमका संयोजक लोकेश खत्री,पुर्ब अध्यक्ष लक्ष्मीप्रसाद ढकाल, राष्ट्रिय युवा परिषद सुर्खेत जिल्ला अध्यक्ष निरज भट्टराई सुर्खेत समाज दक्षिण काेरियाका पुर्व सल्लाहकार अमर मर्साङ्गी कुल प्रसाद अधिकारी,वडा अध्यक्ष नमराज जैसी, लगायत कोरियन रिर्टन ग्रुप पदाधिकारीहरुको सहभागितामा सहयोग हस्तान्त्रण गरिएको थियाे।शाथै कोरिया स्थित नेपाली दुताबास ,संध संस्थाहरु लगायत सहयोगी सम्पुर्ण ब्यक्तित्वहरुमा सुर्खेत समाजका पुर्व अध्यक्षहरु लक्ष्मी नारायण बस्नेत,तुलश कुमार गुरुङ्ग, वरिष्ठ सल्लाहकार आशारामढुंगाना,सल्लाहकार भोजराज धोडासैनी लगायत परिवारका सदस्यहरुले हार्दिक धन्यबाद ब्यक्त गर्नुभएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • फोनमनीको एक करोड विजेता मिलनलाई नगद पुरस्कार हस्तान्तरण
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...