कोरियामा घरैमा बसेर कोरोना परिक्षण गर्ने टेस्ट किटको विक्रि सुरु


दक्षिण कोरियामा घरैमा बसेर कोरोना टेस्ट गर्ने किट शुक्रबार देखि बजारमा आएको छ । कोरियाली औषधी बनाउने कम्पनी हान्मीले उत्पादन गरेको किटले परिक्षण गरेको १५ मिनेट देखि ३० मिनेटमै कोरोना लागे नलागेको थाहा दिनेछ । कम्पनीले अहिले अनलाइन र स्थानीय औषधी पसलबाट परिक्षण किट किन्न सकिने जनाएको छ ।
‘यो किट निक्कै उपयोगी र विस्वासनीय भएको हामीले ठानेका छौं । अहिले बजारमा भएको कोरोना परिक्षण गर्ने तरिका निक्कै खर्चिलो र अप्ठ्यारो छ । यसको विकल्प हुन सक्छ ।’ कम्पनीले भनेको छ । एसडी वायोसेन्सर नामक औषधी वितरण गर्ने कम्पनीले बजार व्यवस्थापनको काम गरिरहेको छ ।
कोरियामा कोभिड १९ संक्रमणको चौथो लहर चलिरहेको छ । दैनिक ६ सयको हाराहारीमा नयाँ संक्रमित थपिए पनि कोरोना परिक्षणको लागि १ लाख २० हजार वन भन्दा बढि तिर्नु पर्छ । यो नयाँ परिक्षण किट १६ हजार वनमा विक्रि भैरहेको छ ।
किट मार्फत परिक्षण गर्न चाहनेले एक घन्टा अघि देखि नाक सफा गर्न नहुने हान्मीले जनाएको छ । परिक्षण गर्दा दुई वटा राता धर्का देखिएमा संक्रमित भएको र एउटा मात्रै रातो धर्का देखिएमा संक्रमण नभएको भनेर थाहा हुने पनि कम्पनीले जनाएको छ ।
कोरोना परिक्षण किटबाट आफू संक्रमित भए नभएको हेर्न सकिने भए पनि पुरै भर पर्न नसकिने कोरियाली सरुवा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडिसी)ले जनाएको छ । शंका लागेमा किटबाट पनि परिक्षण गर्न सकिन्छ तर कही कतै कोभिड १९ बाट संक्रमितको सम्पर्कमा आए पिसिआर रिपोर्ट नै ठीक हुने तथा १८ बर्ष भन्दा कम उमेर र स्वासप्रस्वास सम्बन्धी रोग लागेकाले समेत किट प्रयोग गर्न नमिल्ने जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...