तमू धीं कोरियाद्धारा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न


बोम्जन गुरुङ

०४ मे २०२०, दक्षिण कोरिया ।

तमू धीं दक्षिण कोरियाका निवर्तमान केन्द्रीय कार्यालय सचिव नन्दजंग गुरुङलाई संस्थागत रुपमा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ । यही ०२ मे २०२१ मा दिन सउल स्थित दर्शन नमस्ते रेष्टुरेन्ट दोङ्देमुनको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

करीब ५ वर्ष अघि रोजगारीको सिलसिलामा कोरिया प्रवेश गर्नुभएका गुरुङ तमू धीं दक्षिण कोरियाको आठौं केन्द्रीय समिति अन्तर्गत कार्यालय सचिवका रुपमा आबद्ध रहेर संस्थाप्रतिको सकारात्मक चिन्तन, वैचारिक सुझबुझका साथ सक्रिय उपस्थिति देखाउनुभएको र उहाँ केही दिनमा कोरिया बसाईलाई बिट मार्दै नेपाल जानुहुने भएकोले उहाँलाई सम्मान तथा बिदाई गरिएको हो ।

केन्द्रीय अध्यक्ष लेसन गुरुङको अध्यक्षतामा सम्पन्न उक्त सम्मान तथा विदाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा संस्थाका संरक्षक भिम गुरुङ (पर्वत), विशेष अतिथि संस्थाका निवर्तमान अध्यक्ष/वर्तमान वरिष्ठ सल्लाहकार जित गुरुङ, अतिथिहरुमा अतिथिहरुमा तमू धीं दक्षिण कोरियाका केन्द्रीय सल्लाहकार तथा गैर आवासीय नेपाली संघ (NRNA) का निवर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङ, गैर आवासीय नेपाली संघ (NRNA) का निवर्तमान वरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ, तमू धीं दक्षिण कोरियाका केन्द्रीय सल्लाहकार खोम प्रसाद गुरुङ र पूर्व केन्द्रीय महासचिव श्रीराम गुरुङ, अन्नपूर्ण दूधपोखरी समाजका अध्यक्ष देव नारायण गुरुङ लगायत व्यक्तित्वहरुका उपस्थितिका नन्दजंग गुरुङलाई मायाको चिनो सहित दोसल्ला र खादाले सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा वर्तमान नवौं कार्यसमितिको रिक्त रहेको सदस्य पदका लागि मञ्जु गुरुङलाई सर्वसम्मत मनोनयन गर्दै संस्थामा आबद्ध गरिएको छ । यसका साथै आठौं कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सम्मान तथा विदाई कार्यक्रम समेत जोडिएको थियो । संस्थाको केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका केन्द्रीय सचिव तुरन बहादुर गुरुङले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...