थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको तेस्रो अघिबेसनमा मे १६ मा हुने
थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको तेस्रो अधिबेसन मे १६ आइतबार हुने भएको छ । “हाम्रो कला र संस्कृति हाम्रो पहिचान, संरक्षण र संम्वर्धन हाम्रो अभियान “ भन्ने मुल नाराका साथ हुन लागेको कार्यक्रममा कोरियामा रहेका बसैलाई सहभागिताको लागि आयोजकले आग्रह गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाको विषम परिस्थितिलाई मध्य नजर राख्दै हाम्रो संस्था थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको यस अधिवेशनमा विभिन्न पेशामा आबद्ध कोरियावासी थारु अन्य समुदायका प्रतिनिधिलाई भर्चुअल जुम मार्फत हुने कार्यक्रममा सहभागिता जनाई तेस्रो अधिवेशनलाई सभ्य र भव्य रुपमा सफल बनाई दिन सभाका वरिष्ठ उपाध्यक्ष शिवशंकर महतोले अनुरोध गरेका छन् ।
सन २०१५ मा स्थापना भएको थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले स्थापना कालदेखि नै थारु समुदायको भाषा ,धर्म, संस्कार ,संस्कृतिलाई संरक्षण र संबर्द्धन गर्न लगिररहेको र कोरियामा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको दुख पीडामा साथ सहयोग गर्नका साथै स्वदेशमा बेला बखतमा आईपर्ने आपतकालीन अवस्थामा पनि आर्थिक सहयोग गर्दै आईरहेको पनि थारु कल्याणकारिणी सभाले जनाएको छ ।
जुम मार्फत हुने कार्यक्रमको आईडि र पासवर्ड केही समय पछि दिने पनि आयोजकले जानकारी गराएको छ ।