थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको अधिवेशन सम्पन्न ः अध्यक्षमा शिवशंकर महतो थारु
थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको आइतबार भएको तेस्रो अधिवेशनबाट शिबशंकर महतो थारु अध्यक्षमा चुनिएका छन् । कोरोना महामारीको कारण जुम मार्फत भएको अधिवेशनमा दक्षिण कोरियामा रहेका विभिन्न जातीय र क्षेत्रीय संघसंस्थाका पदाधिकारीहरुले सुभकामना ब्यक्त गरेका थिए ।
अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सुरेश कुमार चौधरी, सचिवमा बिनोद चौधरी, कोषाध्यक्षमा विनोद चौधरी निर्वाचित भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरुमा गोविन्द चौधरी, मिथुन मौदी, श्रजल चौधरी, राम कुमार चौधरी, राजेश चौधरी, राजु चौधरी, सिताराम चौधरी, कविनन्दन चौधरी, मंसुरलाल चौधरी र चन्द्र थारु रहेका छन् ।
नयाँ कार्यसमितिले आफ्नो पहिचान र अधिकारको लागि सकेसम्मको भूमिका निभाउने नवचिर्वाति अध्यक्ष महतोथारुले भने । ‘हामीले हाम्रो समाजका लागि विदेशी भूमिमा बसेर सकेको कार्य गर्ने जमर्को गर्नेछौं । यसका लागि सबैको सहयोग हुनेछ भन्ने आशा पनि लिएका छौं ।’ उनले थपे ।