कोरियामा सउल नेपाल गुम्बा र नेपाल बौद्ध परिवारले २५६५ औं बुद्ध जयन्ती मनाए


दक्षिण कोरिया । नेपाली बौद्धधार्मिक दुइ संस्था सउल नेपाल गुम्बा र नेपाल बौद्ध परिवार दक्षिण कोरियाले २५६५ औं बुद्ध जयन्ती मे २३ तारिखका दिन छुट्टाछुटै बिशेष पूजापाठ तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाएको छ ।

नेपालको लुम्बिनीमा बैशाख शुल्कपक्ष सप्तमीमा जन्मनुभएका महामानव गौतम बुद्ध वैशाख पूर्णिमाका दिन अमृतमय बोधीज्ञान प्राप्त गरी बुद्ध भएको तिथिलाइ बौद्धधर्मलाम्बीहरूले बुद्ध जन्म जयन्ती विशेष विविध कार्यक्रमहरू मनाउने गरिन्छ ।

आज २५६५ औं बुद्ध जयन्ती बिशेष पूजापाठ र शुभकामना आदानप्रदान कार्यक्रम सउल नेपाल गुम्बाले गाङ्नाम् स्थित गुम्बामा सम्पन्न भएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो ।

सउल नेपाल गुम्बा दक्षिण कोरियाद्वारा आयोजित २५६५ औं बुद्ध जयन्ती बिशेष पूजापाठ तथा शुभकामना आदानप्रदान कार्यक्रममा लामा गुरूहरू साथमा अन्य सहभागीहरू सहभागीहरू, तस्बीरः अमिर योन्जन

त्यसैगरि नेपाल बौद्ध परिवार दक्षिण कोरियाले सउलमा कार्यक्रम गरि मनाएको नेपाल बौद्ध परिवारको अध्यक्ष पेमा कुन्साङले जानकारी दिनुभयो ।

नेपाल बौद्ध परिवार दक्षिण कोरियाद्वारा आयोजित २५६५ औं बुद्ध जयन्ती बिशेष पूजापाठ तथा शुभकामना आदानप्रदान कार्यक्रममा लामा गुरूहरू साथमा अन्य सहभागीहरू

गौतम बुद्ध ८० वर्षको उमेरमा वैशाख पूर्णिमा कै दिन महांपरी निर्वाण हुनुभएको पावन तिथिलाई भोटको भाषामा (साघा दावा) भनिन्छ । त्यसरी नै हामी बौद्ध मार्गीहरूले मान्दै आएका यस्तो महत्वपूर्ण बौद्ध महान चाडपर्व मध्येको यो पहिलो बृहत चाड बुद्धजयन्ती हो ।

कोभिड १९ सम्बन्धी दक्षिण कोरियाको प्रोटोकल अपनाउदैं कार्यक्रममा कोरियाली  र नेपाली समुदायका बौद्धधर्मलम्बीहरूको सहभागितामा सम्पन्न भएको हो ।

त्यसैगरी नेपाली बौद्ध धार्मिक संस्था नागार्जुन गुम्बा दक्षिण कोरियाले आउँदो मे ३० तारिखका दिन जिहेङमा २५६५ औं बुद्धजयन्ती बिशेष पूजापाठ तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाउने नागार्जुन गुम्बा ब्यवस्थापन समितिका सचिब अमिर योन्जनले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...