Advertisement
SKIP THIS

एनआरएन कोरियाको सदस्यता आवेदन समय सकियो, ड्राफ्ट सदस्यताहरुको लागि पाँच दिन थप


एनआरएन कोरियाले स्मार्ट एपबाट अनलाईन मार्फत पञ्चिकृत सदस्यता आवहान गरेको एक महिने आवधि समाप्त भएको घोषणा गरेको छ । साथै फर्म भरदा भरदै प्रविधिक समस्याका कारण विचैमा छोडी ड्राफ्ट  बसेकाहरुलाई आफ्नो फर्म पुरा गर्नको लागि मे २७ तारिख रातको १२ बजेसम्मको लागि समय थप गरिएको छ । एनआरएन कोरियाको आइतबार बसेको केन्द्रिय बैठकले सो निर्णय गरेको जनाएको छ ।

यसरी पाँच दिन थप उपलब्ध गराएको समय अवधिमा आवेदक स्वयमले सदस्यता शुल्क तिर्नु पर्ने छ । सदस्यता आवेदनको लागि तोकिएको एक महिने अवधिमा शुल्कको लागि मोवाइन कम्पनीलाई आप्mनो सूचना दिन राजी भए निशुल्क आवेदन गर्न सकिने प्रावधान राखिएको थियो । मोवाइन कम्पनीसंगको सम्झौता म्याद सकिएकाले निशुल्क गर्न नसकिएको स्पष्ट पारेको छ ।

गत अप्रिल २३ तारिखदेखि मे २२ तारिखको स्थानिय समय अनुसार रातको १२ बजेसम्म आवेदन दिने अन्तिम समय तोकिएको थियो । सो समय अवधिभित्र प्रमाणित भएका र हुन बाँकी सदस्य संख्या २ हजार ४ सय ८४ रहेको र फर्म भरदा भरदै प्राविधिक समयस्या आइ विचैमा छोडेको २ हजार ८७ जना रहेको सूचना सार्वजनिक गरिएको छ । फर्म भर्न तोकिएको अवधिको अन्तिम समयमा आवेदकको संख्या धेरै भएकाले प्रविधीमा समस्या आएको एनआरएन कोरियाका केन्द्रिय सदस्य तथा आइटी डिपार्टका अनिल थपलियाले जानकारी गराए ।

फर्म भर्ने अन्तिम समयमा प्राविधिक समस्या देखा परेकोले एनआरएनको सदस्यता बन्नबाट बञ्चित भएकोहरुलाई समेट्न एनआरएनका आइसीसी प्रतिनिधी र वर्तमान तथा पूर्व पदाधिकारीहरुले कार्यसमितीको बैठकमा फर्म भर्ने म्याद थप्न आग्रह गरेपनि समय अभावका कारण थप्न नसकिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...