एनआरएन कोरियाकोआठौ अधिवेशन जुलाई ४ मा हुने
एनआरएनए दक्षिण कोरियाको आठौ अधिवेशन आगामी जुलाई ४ तारिख गरिने भएको छ । अधिवेशन सम्पन्न भएको दुई हत्पापछि नयाँ पदाधिकारी चयनको लागि जुलाई १८ तारिख निर्वाचन गरिने सोमबार जुम मार्फत आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यज्ञराज सुवेदीले जानकारी गराउनु भयो ।
साथै विधान सन्शोधन तथा सुझाव समितीको संयोजकत्वमा डा. अग्निराज कोइराला र निर्वाचन मण्डलको संयोजकमा डा. ज्ञानेन्द्र प्रशाद जोशीलाई मनोनित गरिएको छ । दुवै समितीको लागि संयोजक र कार्यसमितीको सुझावमा बाकी सदस्यहरुको चयन गरिनेछ ।
यो वर्ष पहिलो पटक एनआरएनएले छुट्टै स्मार्ट एप निमार्ण गरी विश्वभरी नै अनलाईन मार्फत पञ्चिकृत सदस्यता दर्ता शुरु गरेको छ । त्यसैले केन्द्रकै निर्देशनमा गत अप्रिल २३ तारिखदेखि मे २२ तारिखसम्म १ महिनाको लागि एनआरएए कोरियाले पनि अनलाईन सदस्यता आवेदन खुला गरिएको थियो । मे २२ तारिख स्थानिय समय अुनसर रातको १२ सम्म तोकिएको अन्तिम समयसम्म प्रमाणित भएका र हुन बाँकी २ हजार ४ सय ८३ जना छन् भने फर्म भरदा भरदै विचैमा छोडिएका ड्राप्mट सदस्यहरुको संख्या २ हजार ८७ जना रहेको सार्वजनिक गरिएको छ ।
एनआरएनए केन्द्रबाट जुलाईको २७ भन्दा अगिाडी नै एनसीसीहरुले अधिवेशन सम्पन्न गर्नुपर्ने निर्देशन भएकाले जुलाई ४ मा कोरियाको मिती तोकिएको अध्यक्ष सुवेदीले स्पष्ट पारे । साथै एनआरएन कोरियाको पाँच क्षेत्रिय अधिवेशनहरु पनि जुनको २० र २७ मा गरिने तयारी भइरहेको बताए ।