कोरोना नियन्त्रणका लागि नेपाललाई दक्षिण कोरियाले तत्काल दुई लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने ।


२५ मे २०२१, सउल कोरिया

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरिया (NRNA, दक्षिण कोरिया) को तर्फबाट विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदिय समितिका सभापति श्री इ साङ्ग ह्युन तथा दक्षिण कोरिया सत्तारुढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद श्री खो यङ् यिन लाई भेट गरी हाम्रो मातृभूमि नेपालमा देखिएको कोरोना भाइरसको दोश्रो चरणको महामारी नियन्त्रणका लागि दक्षिण कोरिया सरकारको तर्फबाट आवश्यक सहयोगको अपेक्षा गर्दै सो बिषयमा आवश्यक समन्वय तथा सहजीकरण गरिदिनु हुनगरेको अनुरोध स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगको रुपमा दुई लाख डलर बराबरको स्वास्थ्य सामागी सहयोग गर्ने निर्णय गरेको सांसद श्री खो यङ् यिन ले फोन सम्पर्क मार्फत गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरिया (NRNA,दक्षिण कोरिया) लाई जानकारी गराउनु भएको छ ।

उक्त सहयोग समाग्री नेपाल राजदुतावास सौलसँगको समन्वयमा तत्काल नेपाल पठाइने र अन्य ठुला र दीर्घकालीन सहयोगको मात्रा र बिकल्पमा नेपालमा रहेको कोरियन राजदुतवासले नेपाल सरकारसँग थप समन्वय गरिरहेको पनि सांसद श्री खो यङ् यिन ले ले जानकारी गराउनुभयो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरिया (NRNA) ले उक्त निर्णय प्रक्रियामा सहयोग तथा सहजीकरण गर्नु हुने सम्पूर्ण सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै प्राप्त हुने स्वास्थ्य सामाग्री सहयोगले मातृभूमि नेपालको कोरोना महामारी नियन्त्रणका सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...