Advertisement
SKIP THIS

तमू धीं कोरियाको पहिलो बृहत बैठक सम्पन्न ।


बोम्जन गुरुङ
३० मे २०२१, कोरिया ।

कोरियामा रहेको अति सक्रिय जातीय संस्था तमू धीं दक्षिण कोरियाको पहिलो बृहत बैठक सम्पन्न भएको छ । केन्द्रीय समितिमा रिक्त रहेको विभिन्न पदमा पदपूर्ति सहित परिचयात्मक कार्यक्रम आयोजना गरि उक्त बैठक सम्पन्न भएको हो ।

संस्थाका केन्द्रीय अध्यक्ष लेसन गुरुङको अध्यक्षता र संरक्षक भिम गुरुङ (पर्वत) को प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमको पहिलो चरणको कार्यक्रममा संस्थाको कार्यसमितिमा आबद्ध पदाधिकारी र सदस्यहरु, संरक्षक, वरिष्ठ सल्लाहकार, सल्लाहकार, दुई शाखाका अध्यक्षहरु, विभागीय समितिमा आबद्ध व्यक्तित्वहरु विच परिचयात्मक कार्यक्रम हुनुको साथै कार्यसमितिको विभिन्न रिक्त पद अन्तर्गत केन्द्रीय उपाध्यक्ष कमला गुरुङ (लमजुङ), महासचिव सन्तोष गुरुङ (कास्की), मञ्जु गुरुङ (कास्की), होम गुरुङ (दाङ), विनोद गुरुङ (कास्की) लाई पदपूर्ति गरिएको छ ।

सोही अवसरमा केन्द्रीय उपाध्यक्ष कमला गुरुङ (लमजुङ) बाट आजीवन सदस्यता ग्रहण गर्नुका साथै कार्यसमितिमा प्रवेश गर्नुभएका सबैलाई स्वागत गरिएको छ । कार्यक्रमको दोश्रो चरणमा संस्थाको कार्ययोजना र भावी योजनाको बारेमा छलफल र अझ स्फूर्तिलो र चलायमान गराउन संस्थाले खेल्न सक्ने भूमिकाबारे सहभागीहरुले आ-आफ्नो धारणा राखेका थिए । जूम भर्चुअलमा संगठन सचिव तुरन बहादुर गुरुङको विशेष सहजीकरण सँगै पहिलो चरणमा केन्द्रीय कार्यालय सचिव सबनम गुरुङ र दोश्रो चरणमा केन्द्रीय महासचिव सन्तोष गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...