Advertisement
SKIP THIS

काेविड-१९ काे अल्फा, गामा, डेल्टा, बेटा हुँदै जिटा, इटा र थिटा सम्मकाे यात्रा


सन् २०१९ काे डिसेम्बरकाे अन्त्य तिर चिनकाे वुहानबाट सुरू भएकाे काेराेना भाइरसले करिब १८ महिना पुरा गरेकाे छ । आनुवंशिक संरचनामा आरएनए (RNA) भएका उक्त भाइरस अथवा विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका थिए ।
भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो । सन् २०१९ मा भेटिएकाेले यसलार्इ काेवड – १९ भन्न थालेकाे हाे । यस भाइरसको वैज्ञानिक नाम भने सार्स-कोभ-२ (Sars-CoV-2) हो।

कारिब १८ महिना समय पार गरिसक्दा याे भाइरस् विश्वभरी फैलिएना मात्र यसले विश्वकाे अर्थ व्यवस्थालाई तहसनहस गर्दै आधुनिकतामा रमाइरहेका नयाँ पुस्तालाई गतिलो झड्का दिए ।

केहि समयमा हराइहल्छ भन्ने ठानेको भाइरस एक वर्षा नहुँदै नयाँ भेरिएन्ट सहित पहिलेको भन्दा कडा स्वरुपमा फैलिन थलिएको छ भने यसले पहिलेको तुलनामा धेरै असर गरिसकेको छ । कोरोनको नयाँ भेरीएन्ट अझै थपिने क्रम जारि छ भने विज्ञहरुले तेश्रो लहरको चेतावनी समेत दिएको छ ।

पछिल्लो समय भेटिएको थप तीन भेरियन्टलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ग्रीक अल्फाबेटअनुसार विभिन्न नाम दिएको छ । अहिले नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) हरुमा जिटा (पी.२), इटा (बी.१.५२५) र थिटा (पी.३) छन् । यीनीहरुको जनस्वास्थ्यमा कति असर पर्छ भन्ने अध्ययनकै क्रममा रहेको जानेको छ ।

यसअघि डब्ल्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई (बी.१.१.७) ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई (पी.१) ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई (बी.१.३५१) ‘बेटा’ र भारतमा भेटिएको भेरियन्ट (बी.१.६१७.२) लाई ‘डेल्टा’ नामाकरण गरेको थियो । भारतमै फेला परेको अर्को भेरियन्ट (बी.१.६१७.१)लाई कप्पा नाम दिइएको थियो ।

डब्ल्लूएचओका अनुसार अल्फा भेरियन्ट १६० मुलुकमा फैलिएको छ भने बेटा भेरियन्ट ११३ मुलुक, गामा भेरियन्ट ६४ र डेल्टा भेरियन्ट ६२ मुलुकमा फैलिएको छ।

पहिलो लहरको कोरोनाबाहेक नेपालमा पनि गामा र डेल्टा नामक भेरियन्टले ठूलो असर पारेको स्वास्थ्य मन्त्रालयले जानेको छ ।

यसअघि मुलुकमा उत्पत्ति भएको आधारमा कोरोना भेरियन्टलाई नाम दिने गरेको थियो । विभिन्न देशले यसमा आपत्ति जनाएपछि डब्ल्यूएचओले उक्त भेरियन्टहरुलाई ग्रीक अल्फाबेटअनुसारको नाम दिन थालिएकाे हो ।

काेरियामा भने पछिल्लाे समय काेराेना संक्रमितकाेे संख्या निकै कम मात्रमा बढेकाे छ । केहि स्थानमा मास्क फ्री घाेषणा गर्ने तयरी समेत काेरियन सरकारले गरेकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...