Advertisement
SKIP THIS

स्याङ्जा परिवार कोरियाद्धारा गृह जिल्लाका प्रमुखहरुसँग कोभिड – १९ को न्यूनीकरण बिषयक अन्तरक्रिया सम्पन्न


मनु कोन्मे गुरुङ,

स्याङ्जा परिवार दक्षिण कोरिया  तथा स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखा र थेगु शाखाको सह-आयोजनामा मिति २०७८ ज्येष्ठ २३ गते आइतबार (06 JUNE 2021 SUNDAY) कोभिड-१९ को प्रभाव र यसको न्यूनीकरण बिषयक अन्तरक्रिया कार्यक्रम जूम भर्चुअल मार्फत  अध्यक्ष विजय थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।

जूम भर्चुअल मार्फत भएको कार्यक्रमको विशेष अतिथिहरुमा पुतलीबजार नगरपालिकाका मेयर सिमा क्षेत्री, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण, चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरी, गल्याङ नगरपालिकाका मेयर भुपराज अधिकारी, भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनाल, बिरुवा गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्मा, हरिनाश गाउँपालिकाका अध्यक्ष श्री खिम नारायण मानान्धर, आँधिखोला गाउँपालिकाका अध्यक्ष श्री सुदिर कुमार पौडेल, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष श्री खिम बहादुर थापा, फेदिखोला गाउँपालिकाका अध्यक्ष श्री घनश्याम सुवेदी, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घ नारायण अर्याल र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष जीवन न्यौपाने रहनुभएको थियो ।

जूम भर्चुअल कार्यक्रममा स्याङ्जा परिवार कोरिया किम्हे -बुसान शाखाका अध्यक्ष कमल अर्याल, स्याङ्जा परिवार थेगु शाखाका अध्यक्ष बिष्णु वाग्ले, स्याङ्जा परिवार कोरियाका केन्द्रीय सल्लाहकार नर कुमार गुरुङ, सल्लाहकार किसान गुरुङ र बरिष्ठ सल्लाहकार कुमार थापाले संस्थाले आफ्नो गृह जिल्ला स्याङ्जा भित्र गरेका हालसम्मका विभिन्न गतिविधि, सहयोग र आगामी दिनमा गर्न सकिने सम्भावित कार्ययोजनाको बारेमा संक्षिप्त जानकारी सहित आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । जूम भर्चुअल कार्यक्रमका बिशेष अतिथिहरुले आ-आफ्नो नगरपालिका र गाउँपालिकाका क्षेत्रहरुमा वर्तमान अवस्थामा आफुले गरेका भोगेका अनुभव र कोरोना न्यूनीकरणका निमित्त गरेका प्रयास र आगामी कार्ययोजना र बिपद व्यवस्थापनबारे प्रष्टाउनुभएको थियो ।

बिरुवा गाउँपालिकाका अध्यक्ष चुन प्रसाद शर्माले स्याङ्जा परिवार दक्षिण कोरियाको गतिविधि र प्रस्तावहरुले आफ्नो मन अति छोएको र सल्लाह सुझाव अनुसार नै अगाडी बढ्ने र सहयोगको अपेक्षा समेत रहेको बताउँदै कोभिडलाई अन्त्य गर्न आफ्नो दायित्व हो , त्यो पूरा गर्नेछु र सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने दृढता व्यक्त गर्नुभएको छ । त्यसैगरी कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा ज्युले यस्तो महामारीको अवस्थामा सम्झिनुभई अमूल्य समय दिनु लभएकोमा धन्यवाद दिनुहुँदै कालीगण्डकी गाउँपालिकामा कोरोनाबाट धेरै प्रभावित भएको तर हाल नियन्त्रणमा आएको बताउँदै गाउँपालिका उन्नतिको लागी यहाँहरुको ईच्छा अनुसारको जस्तोसुकै सहयोगको अपेक्षा राख्नुभएको छ । चापाकोट नगरपालिकाका प्रशासकीय अधिकृत श्री ध्रुव खनालले कोरोना केही नियन्त्रणमा केही सहज वातावरण भएको र नगरपालिकाले संक्रमितलाई खाना, बस्न नि:शुल्क व्यवस्था, नियमित औषधी वितरण गर्ने समूह बनाएको र मानव स्वास्थ्यलाई अझ राम्रो गर्न अक्सिजन प्लान बनाउने योजना गरेको बताउनुभयो ।

आँधिखोला गाउँपालिकाका अध्यक्ष श्री सुदिर कुमार पौडेलले अक्सिजन प्लान्ट सहित अस्पताल सञ्चालन गर्न लागेको बताउनुभएको छ । त्यस्तै वालिङ नगरपालिकाका प्रमुख श्री दिलिप प्रताप खाँणले कार्यक्रममा उपस्थिति जनाउने अवसर र थोपाथोपामा सहयोग गर्ने वचन दिनुभएकोमा आभार प्रकट गर्नु भएको छ। केहि हप्ता अघि कोरियाबाट सवा चार लाख रुपैंया सहयोग रकमबाट संक्रमितलाई नि:शुल्क उपचार खानाको व्यवस्था घरघरमा पुगेर काउन्सिलिङ गर्ने, औषधि वितरण गरेको बताउँदै अझ ब्यापक तयारीको लागी बेडहरु तयारी गर्न यहाँहरुको निरन्तर मन र सहयोग चाहिएको तर्क अघि सार्नुभयो साथै जुनसुकै सहयोग पनि पूर्ण सदुपयोग गर्ने बताउदै धन्यवाद दिनुभएको थियो ।

त्यसैगरि भीरकोट नगरपालिकाका प्रमुख श्री छाँयाराम खनालले सबै गाउँगाउँमा कोभिड आक्रान्त बनाएको र हाल केही नियन्त्रण भएको बताउँदै कालिका अस्पतालमा महाबीर पुनको अविस्कार केन्द्रबाट डाइरेक्ट बेडमा अक्सिजन आउने प्लान्ट बन्दै गरेको र अर्को प्लान्ट पनि बन्दै गरेको बताउनुभएको छ । पुतलीबजार नगरपालिकाका प्रमुख सिमा क्षेत्रीले स्याङ्जा परिवार दक्षिण कोरियाले कार्यक्रममा जोडिने मौका दिनुभएको हार्दिक धन्यवाद दिदै कोभिड केही नियन्त्रणमा रहेको र एम्बुलेन्स नभएको कारण जिपलाई नै एम्बुलेन्सको प्रयोजनमा ल्याईएको, प्रत्येक वडामा होम आइसोलेशन निरीक्षण समूह खटाईएको र विभिन्न स्थानमा ३३३ वटा सडकबत्ती जडान गरेको, यथासक्य छिटो ९ वटा सीसी क्यामेरा र आउने बजेटमा ५० वटा पुर्‍याउने योजना रहेको बताउनुभयो । प्रवासबाट आफ्नो गाँस कटाएर सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

जिल्ला भित्रका सबै पालिका प्रमुखहरुको कोभिड-१९ को प्रस्तुतिसँगै यो गरिमामय सहभागिताका लागि हार्दिक धन्यवाद दिदै कोरोनाको कारण आफ्नो गृह जिल्ला परेको प्रभाव र यसका न्यूनीकरणका लागि छिट्टै सहयोग उपलब्ध गराउने तयारीबारे जानकारी सहित आगामी दिनहरुमा निरन्तर रुपमा संस्था कटिबद्ध रहेको धारणा स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष श्री विजय थापाले राख्नुभयो । त्यसपछि क्रमैंसँग सबै पालिका प्रमुखहरुसँग सम्बन्धित पालिकाका व्यक्तिहरुले आ-आफ्नो प्रश्न, जिज्ञासा र सुझाव प्रस्तुत गरि अन्तर्क्रिया गरिएको थियो । संस्थाका केन्द्रीय उपाध्यक्ष भक्त थापाको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रम केन्द्रीय सल्लाहकार लेसन गुरुङको जूम भर्चुअलको विशेष सहजीकरणसँगै कार्यक्रम सञ्चालन केन्द्रीय सचिव श्री माधव अर्यालले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...