नेपाल तामाङ घेदुङ कोरियाको भुसान शाखाको अध्यक्षमा धनराज
नेपाल तामाङ घेदुङ ख्यङ्साङ बुसान शाखाको आइतबार सम्पन्न तेश्रो अधिबेसनले धनराज तामाङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।
समितीमा वरिष्ठ उपाध्यक्षमा सोम योञ्जन तामाङ तथा उपाध्यक्षमा पेम्बा तामाङ, धनजित वाईवा र जुलिफा तामाङ रहेका छन् । त्यस्तै महसचिवमा आकाश घिसिङ साथै सचिवमा चित्र तामाङ र सबिता थिङ रहेका छन् भने कोषाध्यक्षमा प्रविन मोक्तान र सह कोषाध्यक्षमा शरु तामाङ चयन भएका छन् ।
त्यस्तै गरी सदस्यहरुमा नेत्र तामाङ, पुष्प मोक्तान, प्रकाश लामा, जित बहादुर तामाङ, रेश्मा तामाङ, लक्ष्मी तामाङ, सुरज तामाङ, मिनु लामा, जिनास लामा, सोनु गोम्जन र सम्राट लामा चयन भएका छन् । कार्यक्रम कोरोना महामारीका कारण भेला हुन नसक्ने अवस्था भएकाले भर्जुयल जुम मार्फत सम्पन्न गरिएको थियो ।
कोरियाको दुई तामाङ संस्था तत्कालिन तामाङ समाज ख्यङ्साङ् बुसान दक्षिण कोरिया र तत्कालिन नेपाल तामाङ संघ दक्षिण कोरिया बिच लामो समयको प्रयास पछि केहि समय अगाडी एकीकरण भई नेपाल तामाङ घेदुङ दक्षिण कोरिया स्थापना गरिएको थियो । नेपाल तामाङ घेदुङ सउल केन्द्र र नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा रहने गरि एकता भएको थियो ।