Advertisement
SKIP THIS

कोरियामा एनआरएनका पूर्व अध्यक्ष केपी सिटौलालाई परेको पत्नि शोकले नेपाली समाज दुखी


विश्वलाई कोरोनाले आक्रान्त बनाएको बेला दक्षिण कोरियामा रहेका नेपाली समुदायमा भने फाट्ट फुट्ट संक्रमित सुनिएपनि खासै शोकाकुलको अवस्था आएको थिएन । तर सोमबार अपराहन्नदेखि फेसबुकमा भुसको आगो झै फैलिएको एक श्रद्धाञ्जलीको सूचनाले कोरियासंग सम्बन्धीत नेपाली समुदायलाई दुखी बनायो । त्यो सूचना थियो कोरियाका नेपाली समुदायका अग्रज एनआरएन कोरियाका पूर्व अध्यक्ष, सफल व्यवसायी, समाजसेवी केपी सिटौलाको धर्मपत्नि रिता बस्नेतको कोरोनाका कारण निधन भएको खबरसंगै श्रद्धाञ्जली अर्पण ।

भारतको सिक्किममा आफ्नो विरामी बुबालाई भेट्न माइत पुगेका रिताको उतै निधन भएको थियो । कोरोना संक्रमीत विरामी बुबाको निधन भएको १४ दिनपछि स्वयम संक्रमित रिताको पनि निधन भएको थियो । २ हप्ता अघि बुबा भेट्न गएका पत्नि कहिले फर्केर नआउने गरी विदा लिएको त्यो मर्माहित खबरले सबैको मुटु दुखाएको छ । आइतबार निधन भएको रिताको सोमबार सिकिक्ममै अन्त्येष्टी गरिएको परिवारीक स्रोतले जनाएको छ । ४४ वर्षिय अल्पायु मै कोरोना महामारीले रिताको ज्यान लिएपछि एक्लो बनेको पति र नाबालक छोरा र छोरीको अवस्थाले सबैलाई भावुक बनाएको छ ।

सिटौला परिवारले कोरिया मै पत्निको तस्वीर राखी ३ दिनको लागि श्रद्धाञ्जली कार्यक्रम राखीएको छ । अचानक आइपरेको यो बज्रपातबाट आफूलाई समाल्दै सिटौलाले फेसबुकमै पत्निलाई अलविदा भन्दै मार्मिक भावना पोखेका छन् ।

सिटौला लेखेकाछन ः
” म के गरौरु के भनेर नानिहरुलाई बुझाऔ, सम्झाऔ। दिल खोलेर रुने छुट पनि मलाई रहेन। तिम्रा मायाका निसानिहरुका लागि बाच्ने आसिर्बाद त दिन्छौ नि ? बुबाको अबस्था चिन्ताजनक भएर भेटन जान्छु भन्दा मैले रोक्न नसक्नु नै मेरो लागि यो बज्रपात आई पर्यो। ”

कोरोना महामारीबाट लाखौ हजारौले आफन्त गुमाएर भोग्नु परेको अशहय पीडा र वेदनाले निम्ताएको सामाजीक शोक अन्तत कोरियाबासी नेपाली समुदायले पनि महशुस गरे । यस घडीमा पीडामा छटपटीएका सिटौला परिवारलाई थोरै भएपनि सान्तवना मिल्ने गरी नेपाली समुदायको सुभक्षा र समबेदनाको आवश्यक छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...