Advertisement
SKIP THIS

कोरियामा विदेशीलक्षित ड्राइभिङ लाइसेन्स तयारी कक्षाको आवेदन खुल्ला


दक्षिण कोरिया । विदेशी चालकलक्षित सवारी चालक इजाजतपत्र (लाइसेन्स)को सुसो पुलिस स्टेशनले तयारी कक्षा सञ्चालन जून महिनामा गर्ने भएको छ ।

विदेशी इच्छुक जोकोहिले यथाशीघ्र जुन २१ तारिख आइतबारभित्र व्यक्तिगत विवरण नाम, ठेगना र सम्पर्क नम्बर आवेदनपश्चात सहभागि हुन सकिने सुसो पुलिस स्टेशन इनिस्पेकटर 강혜숙 (घाङ ह्ये सुग) ले जानकारी दिए ।

पुलिस स्टेशनले प्रत्येक ६/६ महिनामा कक्षा सञ्चालन गर्दै आइरहेकोमा यस पटक जूम भर्च्युलमाध्यमबाट जून २७ र जुलाइ ४ तारिखमा निशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

पछिल्लो समय कोरियामा बिना लाइसेन्सका चालकको कारणले सवारी दुर्घटनामा बढेपछि कोरियन गृह मन्त्रालयको प्रशासनिक निकयले चेकजाँचसमेत कडाइ गरिरहेको छ ।

विदेशी चालकलक्षित सडक दुर्घटना न्यूनिकरण गर्दै सुरक्षित यात्रासहितको सवारी साधन, ट्राफिक सम्बन्धी सम्पुर्ण जानकारीहरू दिने उदेश्यले कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको छ ।

२५ जनासम्म सहभागिता हुन सकिने तयारी कक्षामा विश्वव्यापी महामारी कोरोनाको कारणले गर्दा भर्च्युलमाध्यम जूमबाट सञ्चालन हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...