Advertisement
SKIP THIS

सामाजिक अभियानता रामबाबु सेवानको गीत ‘मरेर लास’ सार्वजनिक


सामाजिक अभियानता रामबाबू सेवानद्वारा लेखिएको गीत ‘मरेर लास’ भिडियाे सहित युटुवमा सार्वजनिक भएको छ । जसमा स्वार राम कृष्ण ढकालको रहेको छ भने संगीत बिबि अनुरागिको रहेको छ ।

पछिल्लो दुई महिना यता नेपालमा कोरोना भाइरसको कारणले कडा लकडाउन भएता पनि नेपाली गीत संगितहरु भने सामाजिक सञ्जालकाे उपयाेग गर्दै सार्वजनिक भैइरहेका छन् । यही समयको बिचमा थुप्रै गीत संगितहरुले चर्चा परिचर्चा पनि पाएका छन् । यसैक्रममा परदेशीएका नेपालीहरुको कथा बेथालाई आधारित बनाएर लेखिएको गीत सार्वजनिक गरेको हो । उक्त गीतमा लेखक सेवान आफैले मोडलिङ गरेका छन् भने भिडियो निर्देशन पनि आफैले गरेका छन् । यसैगरी भिडियोमा चर्चित मोडल सरिका केसी, रोजेन सुन्दास र रामबाबु सेवनको दमदार अभिनय रहेको छ ।

यो गितमा परदेशमा गएर पैसा कमाएपनि सपना पुरा हुन नसकेको कुरा दर्साउन खोजिएको छ। गितमा कम्पनिमा संगै काम गर्ने सहकर्मी पर्सिपल्ट नेपाल फर्किदै गरेकोमा अकस्मात दुर्घटना भएर बिदेशमै मृत्युवर्ण गर्नुपर्दाको दु:खद पल र खुसिका सबै सपना बिदेश मै चकनाचुर भएको दु:खद यथार्थलाई समेटिएको छ ।

बिदेशमा हुने दु:ख, कष्टलाई अभिनय मर्फत ऎना जस्तै छर्लङ्ग पारिएको छ । गीत मार्फत ब्यक्त भएका भावहरु धेरै परदेशी युबाहरुको वास्तविकता पनि हाे । यो गितमा देश भक्ति र देशको मायामापनि समर्पित गरिएको छ । गीत सार्वजनिक भए लगत्तै युटुबमा निकै सकारात्मक प्रतिक्रियाहरु आइरहेका लेखक सेवानले जनाएको छ । गीतलाई ‘रामबाबु अफिसियल’ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सामाजिक अभियानताको रुपमा समाजसेवामा सक्रिय सेवान आफै पनि केही महिना अघि दक्षिण कोरियाको रोजगारीबाट फर्किएको हो ।

(भिडियो)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...