जापानमा एक नेपालीको मृत्यु
फोनिज कोरिया संवाददाता
काठमाडौं-जापानमा एक नेपालीको मृत्यु भएको छ | ६ वर्षअघि जापान गएका गोरखा बुङ्कोट २ का शाहाबहादुर थापाको दुःखद निधन भएको हो ।
राति खाना खाएर साथीभाइसंगै रहेका थापा एकाएक बेहोस भएपछि तत्काल अस्पताल पुर्याइए पनि राति साँढे दुई बजे निधन भएको हो ।
जापानको राजधानी टोकियोस्थित योकोहामाको होदोगायामा बसोबास गर्ने थाप सन् २००९ मा कुक भिसामा जापान प्रवेश गरेका थिए । समाचार अनुसार साँढे नौ बजे तिर खाना खाई साँढे १० बजे आसपास टिभी हेर्दै गरेको अवस्थामा अचानक ३-४ पटक आवाज निकालेपछि वेहोश अवस्थामा पुगेका थापालाई एम्बुलेन्स मार्फत अस्पताल पुर्याइएको थियो ।
थापा काम गर्दै आएको खुर्सानी रेष्टुरेन्टका मालिक दिपाङ्ग सिंह ठकुरीले थापालाई हृदयघात भएको अस्पतालले बताएको जानकारी दिएका छन् । दिवंगत थापाको श्रीमती र १८ बर्षिय छोरीसँग बस्दै आएका थिए भने उनकी ८ बर्षीय छोरी गोरखामै रहेको बताइएको छ ।