कोरियामा हाइकु विशेष अन्त​र​क्रिया कार्यक्र​म स​म्प​न्न​


सउल, कोरिया ।

अनेसास​ कोरिया च्याप्टर​को आयोज​नामा हाइकु विशेष​ अन्त​र​क्रिया कार्य​क्र​म जूम प्रविधिको भर्चुअल माध्य​मबाट स​म्प​न्न​ भएको छ​ । नेपाली हाइकु साहित्य​का वरिष्ठ​ साहित्यकार​द्धय​ राम​कुमार​ पाँडे, पुष्कर​ लोह​नील​गाय​त अन्य​ अतिथि साहित्यकारह​रू पुरू सुवेदी, कृष्ण बजगाईं, प्र​काश पौडेल माइलाको आतिथ्य​तामा स​म्प​न्न भ​एको हो ।

नेपाली साहित्यमा हाइकु सम्भावना र भविष्य विष​य​क अन्तरक्रिया कार्यक्रममा अतिथि स्र​ष्टाह​रूले नेपाली लेखक र​ पाठकमा हाइकुले ग​हिरो छाप बनाउँदै गएको, सैद्धान्तिक ब​ह​स​ प​नि बाक्लिदै गएको र​ पुस्त​कह​रू प​नि प्रकाशित हुँदै गएको ज​नाए ।

कार्य​क्र​म​मा व​रिष्ठ​ साहित्य​कार​ राम​कुमार पाँडेले नेपाली साहित्य​मा हाइकु लेख​नको सान्द​र्भिकता र​ इतिहास​बारे स्प​ष्ट​ पारे भ​ने त्य​सैग​री अर्का व​रिष्ठ​ साहित्य​कार​ पुष्कर​ लोह​नीले नेपाली हाइकुको इतिहास​ केलाउँदै विग​त​मा आफूले निय​मित हाइकु वाच​न कार्य​क्र​म ग​र्दै ग​राउँदै आएको सम्झिए । सो कार्य​क्र​म​मा साहित्य​कार​ कृष्ण बजगाईले हाइकुको सैद्धान्तिक पक्षलाई  बिर्स​नु न​हुने जनाए । हाइकु प्रशिक्ष​ण ग​र्दै आएका अर्का साहित्य​कार​ पुरू सुवेदीले प्र​विधिको माध्य​म​बाट​ भविष्य​मा हाइकुको विकास​ र​ विस्तार​मा प​ह​ल ग​र्न स​किने जिकिर गरे ।  वर्ल्ड हाइकु एसोसिय​न​का स​द​स्य​स​मेत​ र​हेका अनेसासका केन्द्रीय​ अध्य​क्ष​ प्र​काश पौडेल माइलाले हाइकुको सैद्धान्तिक प​क्ष​ केलाउँदै प​छिल्लो स​म​य​ हाइकुले फ​ड्को मार्दै ग​एको र​ डाय​स्पोरामा र​हेका नेपालीहरू माझ प​नि लोकप्रिय​ हुँदै गएको ब​ताए ।

सोही अवसरमा नेपाली हाइकुको इतिहास​मा लामो स​म​य​देखि हाइकु लेख​न,​ प्र​शिक्ष​ण, अनुसन्धान ल​गाय​त​का माध्य​म​बाट​ योग​दान ग​र्नुहुने पाँच​ स्र​ष्टाह​रूलाई  कोरिया च्याप्ट​र​ले सम्मान ग​रेको थियो । च्याप्ट​र​ले  य​सअघि गजल विशेष​ अन्तर्क्रिया र​ बाल​साहित्य​ विशेष​ अन्तर्क्रिया ग​रिस​केको छ​ भ​ने कविता विशेष​ र​ साहित्यिक प​त्र​कारिता विशेष​ अन्त​र​क्रियाको त​यारीमा रहेको ज​नाएको छ​ ।

उक्त अन्त​र​क्रिया कोरिया च्याप्ट​र​का अध्य​क्ष​ एव​म् कार्यक्र​म संयोजक प्र​मोद सारंगको स​भाप​तित्व​मा स​म्प​न्न भएको थियो । च्याप्टरका वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने ‘सूर्य’ले  कार्य​क्र​म  सञ्चालन गरेका थिए भने महासचिव ह्यारी बोण्डले स्वागत मन्तव्य​ राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएन कोरियाको आठौ कार्यसमितीको नामा घोषणा तर सपथ ग्रहन बाँकी
  • एनआरएन कोरियाका क्षेत्रिय अध्यक्ष मदन भुजेलको आकस्मीक निधन
  • एनआरएन कोरियाको आठौ अधिवेशनको निर्वाचन शनिबार गरिने
  • एनआरएनए कोरियाको सचिव पदमा परी गुरुङको उम्मेदवारी ।
  • ईपिएस

    २०२२ का लागि काेरियामा बढ्याे तलब

    सन २०२२ का लागि दक्षिण कोरियामा मजदुरको तलब वृद्धि भएको छ । जसअनुसार मजदुरले अव प्रतिघण्टा न्यूनतम ज्याला ९१६० वोन ($७.९८) प्राप्त गर्न सकिनेछ । जुन ५.१ प्रतिशतले वृद्धि हो । अहिले कोरियामा प्रतिघन्टा ८७२० वोन रहेको छ । सरकारी भवन सेजोङमा सोमबार मध्यरातमा २७ ...

    भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

    दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय ...

    दक्षिण कोरियामा कामदारको तलब बढ्यो

    नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...