सुर्खेत समाजद्धारा सञ्चालित सेल्टरलाई कोरिया सरकारबाट वैधानिकता प्राप्त


बोम्जन गुरुङ, सउल कोरिया
०२ जुलाई २०२१

सुर्खेत घर भई विभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएका सन् २०१३ मा स्थापित क्षेत्रीय संस्था सुर्खेत समाज दक्षिण कोरियाद्धारा सञ्चालित आवास गृह (सेल्टर)ले कोरिया सरकारबाट वैधानिकता प्राप्त गरेको छ । कोरिया सरकारको नियम, आवश्यक मापदण्ड र प्रक्रिया पूरा गरेर सेल्टर सञ्चालनका लागि सुर्खेत समाजले अनुमति पाएको हो ।

उक्त आवास गृह (सेल्टर) बाट विशेष गरी छनान, फेन्थेक, आसान लगायतमा आसपासको क्षेत्रमा काम छोडेर नयाँ कामको खोजीमा रहेका सम्पूर्ण नेपालीहरुले लाभ लिन सकिने र समस्यामा परेर बस्ने ठाउँको अभाव भएकाहरुलाई मध्यनजर गर्दै आवास गृह (सेल्टर) सञ्चालनमा ल्याईएको संस्थाका अध्यक्ष बखत थापाले जानकारी दिए ।

समस्यामा परेका हरेक नेपालीहरुले उक्त सेल्टर निःशुल्क उपयोग गर्न सकिने र नितान्त मानवीय सेवाभावमा रहेर सामाजिक सेवामा तत्पर रहेको संस्थाका सल्लाहकार आशाराम ढुङ्गानाले बताए । काम खोज्न, भिसा सम्बन्धी आवश्यक सम्पूर्ण परामर्श र सल्लाहमा सहयोग गरिने सल्लाहकार तुलस कुमार गुरुङले थपे ।

यसअघि सुर्खेतका विभिन्न अग्निपिडित, बाढीपिडित, विभिन्न जटिल रोगले ग्रस्त बिरामीहरुलाई सहयोग गर्दै कोरियास्थित विभिन्न संघ-संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आइरहेको संस्थाका महासचिव शिव पौडेलले प्रष्टयाए ।

जानकारी र सहजताका लागी आशाराम ढुङ्गाना 01095618546, बखत थापा 01028416305, बामदेब गाैतम 01043599606, मुक्ति अधिकारी 01027129720, शिब पाैडेल 01074140683, राज शर्मा माइतीघर रेष्टुरेण्ट छनान 01057697845 लाई सम्पर्क गर्न सकिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...