गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको अधिवेशन सुरु : निर्वाचन जुलाई १८ हुने


गैर आवासीय नेपाली संघ, दक्षिण कोरियाको आठौं महाधिवेशन आइतबार सुरु भएको छ । राजधानी सोलमा भएको अधिवेशन दुई चरणमा हुने भएको छ ।

जुलाईको ४ मा अधिवेशन उद्घाटन र आर्थिक तथा कार्यविवरण प्रतिवेदन प्रस्तुत भएको छ । आगामी नेतृत्वको लागि जुलाई १८ आइतबार निर्वाचन हुने कार्यतालिका छ । दुई हप्ता पछि हुने निर्वाचन अनलाईन भोटिङमा आधारित हुने निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र प्रसाद जोशीले जानकारी गराए । ‘यहाँ कोरोना महामारीका कारण धेरै मानिस एकै ठाउँमा जम्मा भएर भोट दिने अबस्था पनि छैन । अनि अहिलेको जमनामा घरैमा बसेर भोट दिदा पनि हुने भएकोले हामीले त्यसै अनुसारको अनलाइन भोटिङ गर्ने जमर्को गरेका छौं ।’ उनले भने ।

अनलाइन भोटिङ गर्ने भनिए पनि अहिलेसम्म कुनै पनि सफ्टवयर तयार भने भैसकेको छैन । ‘हामीलाई गैर आवासीय नेपाली संघ केन्द्रले एक हप्ता पछि एउटा भोटिङ एप दिने भन्ने कुरा छ । अहिले ‘डेप्लप’ भैरहेको जानकारी पाएका छौं । यदि अर्को हप्तासम्म एनआरएन कोरियाले त्यस्तो एप पाएन भने कोरियाली कम्पनीको भोटिङ एप प्रयोग गर्ने भन्ने कुरा भएको छ । यहाँको सफ्टवयर कम्पनीसँग कुरा भैसकेको छ ।’ निर्वाचन समितिका सदस्य युगेल तेन्डुप शेर्पा भने । यस अघिको निर्वाचनमा पनि कोरियाली कम्पनीको सफ्टवयर मार्फत नै मतदान गरिएको थियो ।

यस पटकको संघको सदस्यता वितरणलाई लिएर विवाद छ । गत निर्वाचनमा ३ हजार सदस्यता भएको संघमा यस पटक १ हजार ४ सय ७३ जनाले मात्रै सदस्यता पाएका छन् । धेरैलाई थाहै नदिई सदस्यता खुल्ला गरेकोले यहाँ रहेका धेरै ईच्छुक नेपालीले सदस्यता लिन नसकेको आरोप छ । त्यस्तो आरोपमा कुनै सत्यता नरहेको संघका महासचिव विमल सुबेदीको तर्क छ । ‘हामीले हाम्रो फेसबुक पेजमा राखेका थियौं । एक महिनाको समय अवधिमा जति जनाले सदस्यताको लागि आवेदन दिनु भयो त्यसैको आधारमा हामीले सदस्यता दिएका हौं । यसमा विवाद गर्नु पर्ने कारण छैन ।’ उनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...