हामी जान्दछौँ (कविता)


सामधान होइन, जान्नु मात्र समस्याको

जान्दछौँ हामी-
भूत बर्तमान भविष्य-आत्मा परमात्मा
ग्रह र उपग्रहहरु जान्दछौँ
धर्तीको उचाइ समुन्द्रको गहिराइ
कोठामा सुतिरहेको पलङदेखि चन्द्रमा सम्मको दूरी जान्दछौँ।

दिनानुदिन सेता हिउँहरु पग्लेर
कालो पत्थरमा रुपान्तरण हुन्छ हिमाल
हजारौँ शुन्दर टापुहरु कैयौँ सहरहरु
समुन्द्रमा बिलिन हुन्छन्
वायु मण्डलको वोजन तह पातलिदैँ जानुले
हजारौ जलचर थलचर बनस्पतिहरु
लोप हुँदै जानूको रहस्य
नदिले आफ्नै बाटो भुलेर गाउँ सहर पस्नु
कारणको कारण जान्दछौँ
जान्दैनौ हामी के मात्र?
जान्दछौँ हामी सबै सबै,

बारूदले महाशक्ति बनेको अमेरिका
“आरिराङ हो आरिराङ” प्रेमको गीत गाउने
कोरियन दाजुभाइको कटु सत्रुता
हिटलरको उदय र पतन
ग्यास च्यम्बरमा यहुदिहरुको नरसंहार
सबै सबै जान्दछौँ
जान्दैनौँ हामी के मात्र?

धर्मशास्त्रमा उल्लेखित चरम लैङ्गिक विभेद
कुवा इनारको चित्रहरुबाट
प्रस्ट हुन्छ असमान्ताको गहिरो खाडल
बदलापमा ज्युदै जलनु परेको छ मनवीफूलहरू
मल मुत्र अञ्जान विर्यसंग लतपतिएका छन्
निमुखा छोरीहरू
अदालतमा अड्किएर बस्छ फाइल
कारणको कारण जान्दछौं
जान्दैनौँ र हामी के मात्रै?
हामी जान्दछौँ सप्पै सप्पै,

जहा-
मानविय मुल्य, मान्यता, प्रेम, मानवता, संवेदनालाई कुल्चेर
लोभ, लालच, अहम,महत्वाकांक्षालाई उत्सव नमान्ने हो भने
बन्ने थिएन आजको कुरूप संसार
जस्तो की आज छ,

सामधान होइन जान्नु मात्र समस्याको ।

कवि इतर आवाज साहित्यका अभियान्ता हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएन कोरियाको आठौ कार्यसमितीको नामा घोषणा तर सपथ ग्रहन बाँकी
  • एनआरएन कोरियाका क्षेत्रिय अध्यक्ष मदन भुजेलको आकस्मीक निधन
  • एनआरएन कोरियाको आठौ अधिवेशनको निर्वाचन शनिबार गरिने
  • एनआरएनए कोरियाको सचिव पदमा परी गुरुङको उम्मेदवारी ।
  • ईपिएस

    २०२२ का लागि काेरियामा बढ्याे तलब

    सन २०२२ का लागि दक्षिण कोरियामा मजदुरको तलब वृद्धि भएको छ । जसअनुसार मजदुरले अव प्रतिघण्टा न्यूनतम ज्याला ९१६० वोन ($७.९८) प्राप्त गर्न सकिनेछ । जुन ५.१ प्रतिशतले वृद्धि हो । अहिले कोरियामा प्रतिघन्टा ८७२० वोन रहेको छ । सरकारी भवन सेजोङमा सोमबार मध्यरातमा २७ ...

    भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

    दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय ...

    दक्षिण कोरियामा कामदारको तलब बढ्यो

    नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...