कोरियामा गैरकानुनी रुपमा रहेका विदेशीहरुले पनि कोरोना खोप लगाउन सकिने
दक्षिण कोरियामा हाल संचालन भइरहेको कोरोना विरुद्धको खोप कोरियामा गैरकानुनीरुपमा रहेका विदेशीहरुले पनि लगाउन पाउने भएका छन् । केही प्रमाणी करण गरेपछि तोकिएको उमेर समूहमा परेका विदेशीले खोप केन्द्रहरुमा अग्रिम दर्ता गर्नु पर्ने हुन्छ ।
नेपाली भाषा परामर्शदाता सुभद्रा पालुइ०वाका अनुसार कोरियामा गैरकानुनीरुपमा बस्दै आएका विदेशीहरुले आफु कोरिया प्रवेश गरेको ९० दिन पुगीसकेको प्रमाणित गर्नु पर्ने हुन्छ । कोरिया प्रवेश गरेको मिती सहितको राहदानी लिएर सार्वजनिक स्वास्थ्य केन्द्रको खोप कक्षमा गई व्यक्तिगत प्रमाणीकरण गरी अस्थाई नम्बर प्रप्त गरे खोप लगाउन सकिने छ ।
सरकारले यही जुलाई महिनाको शुरुवातबाट ५० वर्ष उमेर समूहलाई खोप दिन शुरु गरेको छ । सो उमेर समूहका स्वादेशी तथा विदेशी सबैले निशुल्क खोप लगाउन सक्ने छन् । जसको लागि हाल ५५ देखि ५९ उमेरकाहरुले जुलाई १२ देखि १७ तारिखसम्म र ५० देखि ५९ उमेरकाहरुले जुलाई १९ देखि २४ तारिखसम्म खोप केन्द्रमा फोन गरी अग्रिम दर्ता गराउनु पर्ने सूचना जारी गरिएको छ ।