गैर आवासीय नेपाली संघ कोरियाको अधिकांश पदमा निर्विरोध निर्वाचित हुने
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको उम्मेदवारी दिने समय सकिए सँगै अधिकांश पदमा निर्विरोध निर्वाचित हुने भएको छ ।
अध्यक्षमा दीपक पुनको एकल उम्मेदवारी छ । त्यस्तै आइसीसी सदस्यमा दुई जना निर्वाचित हुने पदका लागि सोमबहादुर तामाङ र विमल सुवेदीले उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्षको लागि भने सञ्जीव कुमार राई र जीवन कुमार थापा बीच निर्वाचन हुने भएको छ । त्यस्तै महासचिव, सचिव, कोषाध्यक्षको पनि निर्वाचन हुने भएको छ ।
महासचिवमा प्रशान्त राज बानियाँ र संगीता कार्की कुँवरको उम्मेदवारी छ । दुई सचिव पदको लागि राजकुमार राई, अवदेश कुमार चौरसिया, श्री सत्याल
प्रत्याशी छन् ।
कोषाध्यक्षको लागि रामबहादुर तामाङ र सेवोल मिरा बीच प्रतिस्पर्धा हुनेछ ।
पूरा विवरण