प्रविधिको बढ्दो बिकास संगै मानव जीवन सहज र सरल बन्दै गइरहेको छ, हिजोसम्म असम्भव मानीने कामहरू पनि आज प्रविधिकै सहायताले सजिलै सम्पन्न हुने गरेका छन्। तर यही प्रविधिको दुरुपयोग गर्दै पछिल्लो समय कमाउ धन्दा चलाउनेहरूको बिगबिगी बढिरहेको छ। बिशेष गरि फेसबुक म्यासेन्जरको सहायताले बिरामीलाई सहयोग माग्ने बाहानामा ठगि धन्दा चलाइरहेको धेरै उदाहरणहरू भेटिएको छ।
केहि दिन अगाडि फेसबुकमा सुमिना नाम गरेको आइडि बाट फ्रेन्ड रिक्वेष्ट आयो, रिक्वेष्ट आएपछि उस्को प्रोफाइल चेक गर्दा आइडि फेक हो भन्ने आभाष हुने खालका कुनैपनि संकेट थिएन,(हुनत कस्तो आइडि लाई फेक र कस्तो लाई रियल मान्ने भन्ने कुराको मानक ठ्याक्कै यहि हो भन्ने त नहोला तर मेरो नजरमा फेसबुकमा आफ्नो र साथीभाई परिवारको सदस्य समेतको फोटो देखेपछि त्यसलाई रियल आइडि मान्नपर्छ ।) रिक्वेष्ट एसेप्ट गरेँ र एसेप्ट गरेको दुईचार दिन पछि म्यासेज आयो करिवन एक मिनेटको कुराकानीमा उनले आफु अस्पतालमा रहेको र आफ्नो आमाको अपरेसन गरेको भन्ने जानकारी आएपछि मैले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कुरा टुङ्ग्याए।
फेरी भोलीपल्ट म्यासेज आयो, एउटा कुरा भन्छु गाह्रो मान्नुहुन्न भने! गाह्रो मान्नुपर्ने कुरा छैन भने किन गाह्रो मान्नु भनेपछि आर्थिक सहयोगको अपेक्षा राख्दै मेरो आमालाई अस्पताल बाट डिस्चार्ज गर्न सहयोग गरिदिनुहुन्छ ? भनेर म्यासेज आयो। अनि मैले जवाफमा, कुन अस्पतालमा हो आमाको उपचार भएको? मेरो आफन्त पनि नर्स छिन् एउटै अस्पताल रैछ भने मिल्ने सम्म सहुलियतको लागी प्रयास गरौँला उहाँले तपाईँको आमाको अबस्था पनि बुझ्नुहुन्छ र साह्रै आर्थिक अबस्थाले समस्या परेकै हो भने त्यसको लागी केहि सहयोगी साथीभाईहरू पनि अस्पताल पठाउँला भनेपछि उता बाट म्यासेज आयो ओके थ्याङक्यू त्यसको लागी, तर त्यो ऐले आवास्यक छैन भनेर च्याट बाट हराईन।
लगत्तै मैले उक्त आइडि फेसबुकमा रिपोर्ट गर्दै ब्लक गरेँ र साथीहरूमा पनि जानकारी होस भन्ने उद्देश्यले फेसबुक स्तातस राखेँ। तर अचम्म त म त्यो बेला भएँ जब साथीहरूले मलाई पनि यस्तै म्यासेज आएको थियो भनेर कमेन्ट र म्यासेज गर्न थाल्नु भयो। सायद नेपालीहरूको दयालु पनले हो या त माग्न आउनेलाई रित्तोहात सकभर फर्काउनुहुन्न भन्ने मान्यताले हो ठग्नेहरूले पहिल्यै देखि ठगि आएका छन् र ठगिनेहरू चुपचाप ठगिरहेका छन् जस्को कुनै लेखाजोखा नै छैन।
मलाई याद छ पैला पैला प्रविधिको पहुँच नहुँदा गाउँ गाउँमा सिफारीसको खेस्रा लिएर सहयोग उठाउन जानेहरूको बिगबिगी थियो,कसैले घरखेत पहिरोले लग्यो बाढिले लग्यो भन्थे कोहि घरगोठ आगोले खायो भन्दै आउँथे त कोहिले क्यान्सर मृगौला फेल लगायतका बिभिन्न कारणहरू देखाएर ठुलो रकम सहयोग संकलन गरेर जान्थे तर त्यसरी रकम उठाएर उनिहरूले के गर्थे ? कति सत्य घटना थिए वा कति मिथ्या थिए त्यसको कुनै हिसाबकिताब त छैँन तर मेरो नजरमा त्यसरी सहयोग उठाउन गाउँ गाउँ जानेहरू मध्य अधिकांश ठगहरू थिए त्यो उनिहरूको पेसा थियो र त्यसरीनै मनग्य कमाउँथे। ठिक त्यसैगरी अहिले ठगहरू घरघर गएर सहयोग माग्ने प्रचलन घट्दो छ तर उनिहरूले प्रविधिको प्रयोग गरेर फेसबुक म्यासेन्जरको दूरूपयोग गर्दै उस्तै बाहाना बनाउँदै सहयोग संकलन गर्ने काम गरिरहेका छन्।
सामाजिक सञ्जाल मार्फत हजारौँलाई कपोलकल्पित दुख पोख्ने र तिमध्ये कतिलाई प्रभाव पार्न सकिन्छ त्यतिबाट आर्थिक रकम सहयोग मागेर कमाईखाने भाँडोको रूपमा प्रविधिको दुरुपयोग गरिरहेका छन् जसबाट हामी बच्न जरूरत छ। पुनश्च: मेरो लेखको आशय सबै सहयोग माग्नेहरू ठग हुन्छन् भन्ने होईन, वास्तविक सहयोगको आवास्यक हुनेहरूले आफ्नो पुर्ण बिबरण र कारणहरू खुलाएर सहयोग माग्छन् । बास्तविक सहयोगको खाँचो परेकाहरूलाई सहयोग गरौँ, सहयोगको नाममा ठगिखानेहरू संग बचौ।
समीप खेम पुन, जैमिनी नपा-8 छिस्ती बागलुङ हाल याङ्जु दक्षिण कोरिया।