काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छौटौ अधिवेशन अगष्ट १ मा हुने


दक्षिण कोरियामा सक्रिय संस्था काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैटौं अधिवेशन आगामी अगस्ट १ मा हुने भएको छ । कोविड -१९ महामारीका कारण अधिवेशन भर्चुअल माध्यम जुम मार्फत हुने जानकारी अध्यक्ष सानू लामाले दिएका हुन् ।

“कोरियामा रहेका सम्पुर्ण काभ्रेलीहरू एक होऔँ,प्रबाशी भुमिको दुख,सुखमा सहयात्री बनौ ” भन्ने मुल नाराका साथ स्थापना भएको उक्त संस्थाको अधिवेशनमा सहभागी हुन कोरियामा रहेका सम्पुर्ण काभ्रेलीहरुलाई सहभागीताका लागि समितिले अनुरोध गरेको छ । “विभिन्न पेशामा आबद्ध सम्पुर्ण कोरियावासी काभ्रेली दाजुभाइ तथा दिदिबहिनीहरु, सल्लाहकार,शुभेच्छुक,ब्यबसायि,पत्रकार ,
कलाकार,विद्यार्थी लगायत खेलप्रेमी खेलाडी साथीहरू यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु।” अध्यक्ष लामाले भने ।

सन् २०११ मा स्थापना भएको यस संस्थाले हालसम्म निरन्तर विभिन्न सामाजिक कार्यहरूमा सक्रिय सहभागी जनाउँदै आएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै हालै मात्र नेपालमा काभ्रे जिल्लाका १३ वटा स्थानीय तहहरुलाई २/२ वटा अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएन कोरियाको आठौ कार्यसमितीको नामा घोषणा तर सपथ ग्रहन बाँकी
  • एनआरएन कोरियाका क्षेत्रिय अध्यक्ष मदन भुजेलको आकस्मीक निधन
  • एनआरएन कोरियाको आठौ अधिवेशनको निर्वाचन शनिबार गरिने
  • एनआरएनए कोरियाको सचिव पदमा परी गुरुङको उम्मेदवारी ।
  • ईपिएस

    २०२२ का लागि काेरियामा बढ्याे तलब

    सन २०२२ का लागि दक्षिण कोरियामा मजदुरको तलब वृद्धि भएको छ । जसअनुसार मजदुरले अव प्रतिघण्टा न्यूनतम ज्याला ९१६० वोन ($७.९८) प्राप्त गर्न सकिनेछ । जुन ५.१ प्रतिशतले वृद्धि हो । अहिले कोरियामा प्रतिघन्टा ८७२० वोन रहेको छ । सरकारी भवन सेजोङमा सोमबार मध्यरातमा २७ ...

    भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

    दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय ...

    दक्षिण कोरियामा कामदारको तलब बढ्यो

    नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...