एनआरएन कोरियाका क्षेत्रिय अध्यक्ष मदन भुजेलको आकस्मीक निधन


एनआरएन दक्षिण कोरियाका छुइ०छइ० क्षेत्रीय समितीका अध्यक्ष मदन भुजेलको हृदयघातका कारण आइतबार आकस्किम निधन भएको छ । शनिबार थेजनको उल्जी अस्पतालमा भर्ना गरिएको भुजेलको आइतबार दिउसो १२बजेर १४ मा निधन भएको चिकित्सकले जनाएको छ ।

शनिबार बेलुका काम सकेपछि नजिकैको ग्राउनमा फुटबल खेलेर आराम गरेको बेला अचानक बेहोस भएका मृतक भुजेललाई तत्काल अस्पाल गलिएको थेजन  नजिकै माझान स्थित फलाम कम्पनीमा संगै कार्यरत आशिस गुरुइ०ले बताए । अस्पतालमा भर्ना गर्नसाथ सघन कक्षामा राखिएको मृतक भुजेलको अन्नत बेहोसीमै निधन भएको अस्पतालले जनाएको छ ।

भुजेल एक महिना अघि मात्र एनआरएन कोरियाको छुइ०छइ० थेजन क्षेत्रिय समितीको अध्यक्षमा चयन भएका थिए । साथै थेजन नेपाली समाजका पूर्व उपाध्यक्ष रहेका थिए । भुजेल प्रवाशी नेपाली मञ्चका केन्द्रिय सदस्य समेत रहेका थिए ।

खोटाङ जिल्ला तुवाचुङ नगरपालिका ९ निवासी भुजेल इपिएस मार्फत १२ वर्ष अघि कोरिया प्रवेश गरेका थिए । हाल उनी इ सेभेन भिषा प्राप्त गरी दक्ष कामदारको रुपमा कार्यरत थिए । घरका जेठा छोरा भुजेलका ६ वर्षिय छोरा र दुई वर्षका छोरी र पत्नि रहेका छन् । उनका कान्छा भाई पनि कोरिया मै कार्यरत छन् ।

हाल भुजेलको शब थेजन स्थित उल्जी अस्पतालमै राखिएको छ । शब नेपाल पठाउने की यतै अन्तिम संस्कार गरिने परिवारसंग छलफल भइरहेको भाई प्रेम भुजेलले जानकारी गराए । एनआरएन कोरियाका अध्यक्ष दिपक पुन र पूर्व अध्यक्ष यज्ञराज सुवेदीलगायत अन्य प्रतिनिधीहरु अस्पताल पुगी आवश्यक प्रक्रिया पुरा गर्न सहजीकरण गरिदिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • एनआरएन कोरियाले जुम मार्फत तिज मनाए
  • महिलाहरु कहिलेसम्म गहनाको दाम्लोमा बाँधिने
  • समकालीन समाजका केही कुरा !
  • बढ्दैछन् म्यासेन्जरको दुरुपयोग गरेर कमाउ धन्दा चलाउनेहरू
  • ताजा अपडेट

    ईपिएस

    कोरिया आउन नपाएका इपिएस पीडितहरुलाई खुशीको खबर

    इपिएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया आउन लागेको नेपालीहरुमा खुशीको खबर छाएको छ । कोरियन भाषा पास गरी इपिएस प्रणालीको प्रकृयामा रहदै गर्दा गत वर्षदेखि कोरोनाका कारण कोरिया प्रवेश गर्न नसकेपछि निकै मानसिक तनाब झेल्दै आएका थिए । त्यसैले इपिएस संघर्ष समिती गठन ...

    २०२२ का लागि काेरियामा बढ्याे तलब

    सन २०२२ का लागि दक्षिण कोरियामा मजदुरको तलब वृद्धि भएको छ । जसअनुसार मजदुरले अव प्रतिघण्टा न्यूनतम ज्याला ९१६० वोन ($७.९८) प्राप्त गर्न सकिनेछ । जुन ५.१ प्रतिशतले वृद्धि हो । अहिले कोरियामा प्रतिघन्टा ८७२० वोन रहेको छ । सरकारी भवन सेजोङमा सोमबार मध्यरातमा २७ ...

    भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

    दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय ...

    महिला / बालबालिका

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...