समकालीन समाजका केही कुरा !


हाम्रो बौद्धिक बिमर्श

बिकसित देशहरुमा नयाँ बिचार निर्माण, गम्भीर मन्थन र म्यासिभखाले बौद्धिक बिमर्श युनिभर्सिटीका कोठाबाटै शुरु हुन्छ । झन् गम्भिरखाले सामाजिक बहस र बिश्लेषण त हुने नै यसरी हो । तर हामीकहाँ यस्तोखाले सार्थक बहस र गम्भीर अनुसन्धान त्यति धेरै भएको पाइँदैन । हामीकहाँ समाजशास्त्रका युनिभर्सिटी लेभलका कितावमा भएका धेरै रिसर्चमा आधारित भनिने प्रा. डा. कै लेखहरु पनि हामीले इन्जोय गर्न नसक्ने टाइपका छन् । ती के नमिल्या के नमिल्या जस्तो लाग्नेखाले छन् । तरकारीमा नुन नपुगेजस्तो/मरमसला नपुगेजस्तो टाइपका छन् । यो कुरा समसामयिक बिषयमा चासो राख्ने हामीजस्ता धेरैजसोले सजिलै अनुभुत गर्न सक्छन् ।

हुन त युनिभर्सिटीका नाम चलेका विद्वानकै केहि अनुसन्धानमा पनि कपि पेस्ट भएको प्रमाण केहि समयअघि खुबै चर्चामा आएको थियो । यस्तै झुन्डले हाम्रो लामो ईतिहास रहेको विश्वविद्यालय बोकेर हिंडेका छन् । अनि हामीले स्तरीय नतिजाको आशा गरेर हुन्छ त ? यसबाट पनि थाहा हुन्छ कि हामीमा परिश्रम गर्ने संस्कारको खडेरी परिसकेको छ । उपल्लो तहमै यस्तो छ भने विश्वविद्यालयका जुनियर प्राध्यापकहरुको हालत कस्तो होला ! यो कल्पनासम्म गर्न सकिने भो । बरु प्रा. डा. बाहेकका अन्य केही मेहनति लेखकले लेखेका लेखहरु पढ्नयोग्य भएनि उनीहरु पनि सम्बन्धित बिषयबस्तुमा धेरै ठाँउमा चुकेका छन् ।

दाेहाेर्याएर पढ्दा त्यस्तो महसुस हुँदोरहेछ । केही गल्ती भेट्नु ठुलो कुरो होइन । तर केही ठाँउमा साँच्चिकै चुकेको पनि भेटिन्छ । मेरो समुदाय बारेको केही अनुसन्धानमुलक लेखमा नै मैले त्यस्तो पाएँ । यो मेरो आफ्नो बुझाई हो । यो सत्य नहुन पनि सक्ला । मेरो बुझाईको सिमितताको कारण पनि मलाई यस्तो लागेको हुनसक्छ । अरुलाई यो भन्दा फरक लाग्न पनि सक्छ । त्यस्तो लाग्ने छुट पनि छ । किनकी लोकतान्त्रिक ब्यवस्थामा बहुल बिचारहरु हुन पाइन्छ । बहु दृस्टिकोण हुन सकिन्छ । हुनु पनि पर्छ । त्यो कुनै नौलो कुरो होइन । ठुलो कुरो पनि होइन । त्यसलाई स्विकार्नु चैं ठुलो कुरो हो । त्यो स्विकारोक्ती हामी धेरैमा पाइँदैन । यो ट्रेण्ड भत्किनुपर्छ । आफुकेन्द्रित बिश्लेषण पनि कहिलेकाहीँ घातक सिद्ध हुनसक्छ ।

हाम्रो राजनीतिक/बौद्धिक नेतृत्व

हाम्रो समाज नै अलि फरकखाले छ । यो बडो बिचित्रखाले नै छ । हामीमा सबै जनालाई आफैं जान्ने बुझ्ने छु भन्ने भ्रम छ । झन् नेतृत्व तहमा रहेकाहरुको त के कुरा गर्नु ! यो हाम्रो संस्कृतिकै रूपमा विकसित भएको छ । खासमा यो एक प्रकारको बिकृति हो । हाम्रा बौद्धिकबृत्त र राजनीतिक नेतृत्वमा भएका सबैजसोमा यस्तै खालको भ्रमको रोगले नराम्ररी गाँजेको छ ।

तर सत्य भने जहिल्यै अर्कै हुन्छ । संसारका सबै शक्तिशाली मान्छेहरु नहार्दासम्म आफु साँच्चिकै शक्तिशाली छु भन्ने महाभ्रममा हुन्छन् । किनकी कमजोर छ भन्ने उनीहरुले सुन्नै पाएका हुँदैनन् । यो कुरा उनीहरुको नजिककाले सुनाउने कुरै भएन । त्यसो हुँदा समाजका तितो सत्यहरु देख्न पाउँदैनन् । एकहिसाबले सहि सूचनाबाट बन्चित छन् । चाहे त्यो शासक होस् या कथित बौद्धिक भनिने जमातहरु । यसरी उनीहरु समाज बुझ्नबाट बन्चित भएका हुन्छन् । उनीहरुलाई सिमित घेराले घेरिरहेका हुन्छन् । त्यो घेराभन्दा बाहिरको समाज देख्नै पाएका हुँदैनन । उनीहरुको पतनको मुल कारण पनि त्यै बन्छ । आफैं बन्छ । आजसम्मको ईतिहासले त्यै बताउँछ । ऎतिहासिक नजिरले त्यै बताउँछ । खासमा भन्नुपर्दा ईतिहासभन्दा ठुलो गुरु कोहि हुन्न । यो ध्रुवसत्य कुरा हो । बाँकी कुरा हामी सबैको बुझ्ने ईन्द्रीयमा भरपर्ने कुरा न हो ।

बहसको लागि बहस त बेकार चिज हो । खासमा समाजमा भइरहेको चिज र हामीले गरिरहेको कुराको तादत्म्यता मिले पो बहसको पनि स्वाद आउनु ! मज्जा आउनु ! तरकारीमा चिनी मिसाएजस्तो कुरो त के स्वाद हुनु नि ! तर बिडम्बना धेरैजसो मान्छेहरु त्यसैमा रमाइरहेका हुन्छन् ।

पछिल्लो सामाजिक परिवर्तन

हाम्रो समाज बुझ्न अलि कठिन नै छ । झन् पछिल्लो केही दशकमा त समाज यति द्रुतगतिमा परिवर्तन भयो कि हामीले सोचेभन्दा धेरै स्पिडमा समाजको गति अगाडि बढीरहेको छ । समयको रफ्तारमा सँगसँगै कुद्नलाई अलि गाह्रै छ । कोसिससम्म गर्ने हो । तैपनि समय, समझ, जिम्मेवारी र विशेष परिस्थितिले गर्दा आफ्नो सर्कलभन्दा फरक सर्कलसँग पनि सङ्गत र भेटघाट गर्ने मौका जुर्दोरहेछ । यस्ता क्षणहरु गुमाउनु पनि हुँदैन । यसले फाइदा नै गर्छ । यसबाट हाम्रो पछिल्लो समकालीन समाज पढ्नका लागि थोरै भएनि सहयोग नै पुग्दोरहेछ । त्यसपछि लाग्यो – यो समाज हामीले सोचेभन्दा धेरै फरक छ । पौडी सिक्न पोखरीमै पस्नुपर्छ भनेझैं समाजका हाँङ्गाबिँङ्गा राम्रोसँग बुझ्नलाई/केलाउनलाई उनीहरुसँग घुलमिल त हुनैपर्ने हुन्छ । हाम्रा समाजका अवयबहरु बिबिध विशेषतायुक्त छन् । त्यसका लागि सबैतिर भिज्नु जरुरीजस्तै छ । तर हाम्रोमा अहिलेसम्म खासै यस्तो भैरहेको छैन ।

आजसम्म हामी यसैमा चुक्यौँ । धेरैलाई अझै यस्तो फील भएकै छैन । तर यो ख्याल गर्नैपर्ने र बुझ्नैपर्ने कुरो हो । पुरानो पुस्ता चुकिसक्यो । अबको पुस्ता पनि यहिँनेर चुक्ने प्रवल संभावना छ । हाम्रो सामाजिक अध्ययनको कमजोरी नै यै हो । अध्ययन र राजनीतिमा समाजलाई जोड्नै सकेनौं । अब फरक ढंगले अध्ययन मनन हुनु आवश्यक छ । टाउको दुखेको दबाई पेटमा लगाएजस्तो टाइपले त अब हुन्न । यसलाई करेक्सन नगरि सहि समाधान निकाल्न गाह्रो नै छ ।

केही मनोसामाजिक समस्या
पछिल्लो समयमा नेपाली समाजमा अनौठो एवं नौलो खालको विशेषता र सामाजिक संरचनाहरु बिकसित भएका छन् । यहाँ रोजगारी पर्याप्त छैन – तैपनि यहाँ कसैलाई फुर्सद छैन । मानिसहरु खासै ठुलो समस्यामा पनि देखिँदैन – तैपनि मनमा अमनचैन छैन । कसैले धेरै काम पनि गर्याछैन – तैपनि अनुहार शिथिल/थकित देखिन्छ । शारीरिक रुपमा स्वास्थ्य अवस्था ठिकै छ – तैपनि सबैजसोको हाउभाउ अस्वभाविक देखिन्छ । असन्तुष्ट छन् । बेथिती र भ्रष्टाचारको मात्रा दिन दुगुणा रात चौगुणा अग्लिँदो छ । जसरी हुन्छ पैसा कमाउनुपर्छ भन्ने चिन्तन थामिनसक्नु भैसक्यो । यो तत्काल रोकिने अवस्था नै छैन । निरन्तर बढिरहेछ ।

लोभी र आपराधिक मानसिकता भएकाहरु व्यापकरूपमा बढीरहेको छ । यस्तै छ हाम्रो समकालीन समाजको असली अनुहार । आजको हाम्रो समाजको कटुचित्र । जे जसरी परिभाषित गर्न खोजे पनि यथार्थ चित्र यै हो । यहाँ धेरैखाले गडबडिहरु छन् । खासमा यो के को सङ्केत हो ! यो कतातिरको यात्रा हो त ! बहस अनि गम्भीर समिक्षा र खोजी हुनुपर्ने बिषय हो यो । तर यसतिर पर्याप्त छलफल र अनुसन्धान भएको पाईएन । ध्यान दिनैपर्नेहरुले समेत खासै ध्यान दिएको पाईएन । खासमा भन्नुपर्दा सबैजनाले आफुले गर्नैपर्ने काममा मनैदेखी ध्यान दिए धेरै कुरा आफैं मिल्दै जान्छन् ।

बुझ्नैपर्ने केही कुराहरू
नेपाललाई चिनाउने धेरै चिजहरु छन् । एउटा त हामी यो बुद्धको पबित्र भुमी हो भन्छौ । तर हामीलाई बुद्धबारे धेरै कुरा थाहा नै छैन । मलाई पनि धेर थाहा छैन । बुद्धको शिक्षा फलो गर्नु त झन् धेरै परको कुरा । यसबारे चासो र चिन्ता लिनेहरु पनि खासै देखिएका छैनन् । केहिले चासो लिए पनि त्यो सङ्ख्या एकदमै नगण्य हो । अर्को कुरा नेपाल हिमालै हिमालको देश हो भन्छौं । तर हाम्रा सुन्दर हिमालबारे हामी धेरैजना अनभिज्ञ नै छौँ । हामीलाई हिमाल भन्नेमात्र थाहा छ । यसबारे अरु धेरै थाहा नै छैन । बढीमा सगरमाथाको नाम थाहा छ । अरु के कुरा, नेपाल सरकारले आफैंले पहल गरेर आफ्नै खर्चमा सगरमाथाको उचाई नापेकै भर्खरै हो । हामीकहाँ हिमालबारे कुन, कस्तो, कहाँ, कसरी, किन भन्नेबारे पर्याप्त खोजी गर्ने र बुझ्ने चलन नै छैन ।

यसको महत्त्व र उपयोगीताबारे पर्याप्त छलफल भएकै छैन । विश्वका कुना – कुनामा रहेका बिदेशीबिच हाम्रा ठुला र सुन्दर हिमालबारे निकै चर्चा हुन्छ । हाम्रा धेरै हिमालबारे उनीहरुलाई धेरै राम्रो जानकारी पनि छ । तर हामी आफैं चैं यसबारे अनभिज्ञ जस्तै छौँ । खोजी हुन बाँकी हिमालको त झन् के कुरा गर्नु ! लाग्छ – हामी सुनको कार्पेटमा सुतेर सुनकै खोजी गरिरहेका छौँ । यो त हरिणले आफ्नो बास्नाको खोजीमा कोषौँ टाढा कुदेजस्तो भएन र ! यो अहिलेका हामी र भोलिको आउने पुस्ताको लागि पनि बिडम्वनाको कुरा हो । यसतर्फ बेलैमा हाम्रो ध्यान केन्द्रित हुनैपर्ने देखिएको छ ।

हाम्रो पुरातन चिन्तन

अर्को कुरा हामीमा आफुभन्दा पछिका पुस्ताको अस्तित्व र क्षमतालाई कदर गर्ने संस्कार नै छैन । प्रोत्साहन गर्ने चलन नै छैन । हामीले युवापुस्ता भोलिका खम्बामात्रै भन्छौं । खासमा युवा भनेका आजका सहयात्री हुनुपर्छ । अनिमात्र भोलिको नेतृत्व जन्मिन्छ । नेतृत्वको लागि तयारी गर्दै जान सकिन्छ । उनीहरुलाई जहिल्यै कमजोर आँक्ने हाम्रो चलन छ ।

यो मेरो थोरै भोगाइको कुरा पनि हो । नयाँले नेतृत्वको लागि दाबी गर्दा जहिले पनि समय पुगेको छैन भन्छन् । अनुभव पुगेको छैन भन्छन् । अझै पर्खिनु भन्छन् । तर पाँच बर्षको समय यो पुस्ताको लागि धेरै लामो समय हो । उनिहरु त्यति धेरै समय कुर्न सक्दैनन् । यो अवधिमा धेरै कुरा परिवर्तन भैसक्छन् । जोस, जाँगर र उत्साह मर्न पनि सक्छ । मनोबैज्ञानिक रुपमा अघि बढिसकेको मान्छे फेरि पाँचबर्ष पछाडी फर्किने टाइपको कुरामा म चैँ कन्भिन्स हुन सक्दिँन । अहिलेको समय नै स्मार्ट भैसकेको छ । हरेक कुरा तिब्रगतिमा बिकसित हुन्छ तर सबै कुरामा जेन्युइननेस पहिलो सर्त चैं हुनैपर्छ । यदि यसो भएन भने आखिर हुने दुर्घटना नै हो ।

हामी भने उही नब्बेको दशकको पुरातन चिन्तनमै रुमल्लिएरहेका छौँ । नेतृत्वमा दुरदर्शिता नभएर पनि हो । सक्षमलाई उमेर र अनुभवको तारबारले छेक्नु सहि कदम होइन । प्रतिस्पर्धामा खरो उत्रन नसक्नुको एउटा प्रमुख कारण यो पनि हो । कहिलेकाहीँ त अचम्म लाग्छ – वडाको पनि सदस्य बराबरको राजनीतिक स्ट्राटेजी नभएकाहरु पनि राष्ट्रिय राजनितिमा हाबी भएको रहेछ कुनै दिन । लाग्छ कस्ता कस्ता मान्छेद्वारा शासित जनता भएछौँ ।

नेतालाई मात्रै भन्ने ठाँउ छैन । हामी पनि गतिला नभएर यो सबै भएको हो । हामीले पनि बेलामौकामा आफ्नो बिबेक प्रयोग गर्न चुक्नुहुन्न । नेतालाई त के गाली गर्नु र ! अब पनि यो देशमा केही समय यहाँ यस्तै चलिरहने पक्का छ । सङ्केत राम्रो छैन । किनकी तुरुन्त नयाँ नेतृत्व आउने सम्भावना नै छैन । नेतृत्व त्यति सजिलै जन्मिने चिज पनि होइन । जन्मे पनि हाम्रोमा सहजै स्वीकार गर्ने चलन खासै छैन । त्यसरी जन्मेछ भने पनि टिक्न दिँदैनन् । किनकि टिक्यो भने अरु धेरैजना पछि परिन्छ भन्ने डर र भ्रम ब्याप्त छ । सक्षम नेतृत्व आउन नसक्नुको मुल कारणमध्ये यो पनि एक कारण हो । अब ग्राउन्डबाटै धेरै कुरा करेक्सन हुँदै आउनुपर्ने देखिन्छ ।

राजनीतिक – सामाजिक अध्ययनमा रुचि राख्ने लेखक बिगत एक दशकदेखि पर्यटन ब्यवसायमा सक्रिय छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • एनआरएन कोरियाले जुम मार्फत तिज मनाए
  • महिलाहरु कहिलेसम्म गहनाको दाम्लोमा बाँधिने
  • समकालीन समाजका केही कुरा !
  • बढ्दैछन् म्यासेन्जरको दुरुपयोग गरेर कमाउ धन्दा चलाउनेहरू
  • ताजा अपडेट

    ईपिएस

    कोरिया आउन नपाएका इपिएस पीडितहरुलाई खुशीको खबर

    इपिएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया आउन लागेको नेपालीहरुमा खुशीको खबर छाएको छ । कोरियन भाषा पास गरी इपिएस प्रणालीको प्रकृयामा रहदै गर्दा गत वर्षदेखि कोरोनाका कारण कोरिया प्रवेश गर्न नसकेपछि निकै मानसिक तनाब झेल्दै आएका थिए । त्यसैले इपिएस संघर्ष समिती गठन ...

    २०२२ का लागि काेरियामा बढ्याे तलब

    सन २०२२ का लागि दक्षिण कोरियामा मजदुरको तलब वृद्धि भएको छ । जसअनुसार मजदुरले अव प्रतिघण्टा न्यूनतम ज्याला ९१६० वोन ($७.९८) प्राप्त गर्न सकिनेछ । जुन ५.१ प्रतिशतले वृद्धि हो । अहिले कोरियामा प्रतिघन्टा ८७२० वोन रहेको छ । सरकारी भवन सेजोङमा सोमबार मध्यरातमा २७ ...

    भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

    दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय ...

    महिला / बालबालिका

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...