अरुलाई नैतिकताको पाठ सिकाउने सिलवालको मनोमानी, यूएई एनसीसी विवादमा


०९ अगष्ट २०२१ दुबई ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) संयुक्त अरब इमिरेट्स (यूएई) को विवाद उत्कर्षमा पुगेको छ। अन्य देशका एनसीसीले धमाधम निर्वाचन गराएर नयाँ नेतृत्व चयन गरिसकेको अवस्थामा मध्यपूर्वको महत्वपूर्ण मानिएको यूएई भने निस्क्रिय जस्तै देखिन्छ। यसको सम्पूर्ण दोष कार्यवहाक अध्यक्ष निरञ्जन सिलवाल र उनको समूहलाई लगाउँदा अन्य अर्थ लाग्दैन। किनभने यसअघि उनी अरूलाई आरोप लगाउँदै नेतृत्व हत्याउन सफल भएका थिए। तर, नेतृत्वमा आएपछि उनले यूएई एनसीसीलाई निस्क्रिय मात्र बनाएका छैनन्, एनआरएनको महत्वकांक्षी राहत तथा उद्धार कार्यक्रमलाई थप बदनाम बनाउने दिशामा अग्रसर देखिन्छन्। प्रोजेक्ट शुरु हुनु भन्दा पहिले देखि नै यस प्रोजेक्टलाई युएईमा नगर्न श्रमिक विरोधी तत्वहरुले बाधा पुर्‍याईरहेका थिए । तर पनि तत्कालिन अध्यक्ष प्रकाश कोइरालाले श्रमिकहरुको पक्षमा प्रोजेक्ट लो-प्रोफाइलमा चलाएका कारण श्रमिक विरोधी तत्वहरुले अनेक बखेडा गरि गत वर्ष कोरोना महामारीको पहिलो चरणमा राम्रो काम गरेको एन आर एन ए यूएईलाई दोस्रो लहरमा मानवीय संवेदनाप्रति खासै चासो नदेखाएको भन्दै एनसीसीको बदनामी भइरहेको छ। केही महिनाअघि राहत तथा उद्धार कार्यक्रममा आर्थिक हिनामिना भएको भन्ने हल्लाका बीच अध्यक्ष प्रकाश कोइराला र पासाङ शेर्पा निलम्बनमा परेका थिए। यो हल्ला पनि सिलवाल समूहले नै गरेका थिए ।
यसका लागि आइसीसीले छानवीन समिति नै गठन गर्नुपरेको थियो। पछि छानवीन समितिले प्रतिवेदन बुझाएको थियो जसमा उपाध्यक्ष शेर्पा माथी लगाईएका आरोपहरु केवल राजनैतिक पुर्वाग्रहको आधारमा मात्र लगाएको पुष्टि भएपछि शेर्पाको निलम्बन तत्कालै फुकुवा गरेको थियो भने कोइरालाको निलम्बन ३० जुलाईपछिमा हुने अधिवेसनसम्मको लागि कायम गरेको थियो । त्यतिबेला अध्यक्ष कोइरालाले आर्थिक कारोवारमा उपाध्यक्ष शेर्पाको त कुनै संलग्नता नै नरहेको र आफूलाई समेत नियतवश फसाउन खोजेको आरोप लगाएका थिए। उनीहरूले सिमित समूहले आफ्नो स्वार्थपूर्तिको लागि बखेडा झिकेको बताएका थिए । नभन्दै कोइराला र शेर्पाले भने जस्तै स्वार्थ समूहको चलखेल उजागर हुन थालेको छ ।
निलम्बनमा परेपछि अध्यक्ष कोइराला र शेर्पाले विगतमा गर्दै आएको काम अर्का उपाध्यक्ष निरञ्जन सिलवालको नेतृत्वलाई सुम्पिएको थियो।
तर, सिलवालको नेतृत्वमा रहेको समितिको अपारदर्शी कामले यूएई एनसीसीलाई थप बदनाम बनाएको छ। आर्थिक पारदर्शितालाई लिएर कार्यसमिती भित्रै चरम असन्तुष्टि बढेको छ भने राहत-उद्धार कार्य मनोमानी ढंगले गरिएको देखिएको छ । यसअघि अरुलाई अनिमियताको आरोप लगाएका सिलवाल समूह अहिले आफै आर्थिक अपारदर्शीताको मुद्धामा फस्नुले उनीहरूको नियत पहिलेदेखि नै राम्रो नभएको बुझ्न सकिन्छ। सेल्टर अस्तव्यस्त भएको, एउटै खाटमा २ जना सुत्नु परेको र सेल्टरमा दुर्ववहार भएको भनेर उपाध्यक्ष शेर्पालाई आरोप लगाईएको थियो भने अहिले कार्यवहाक अध्यक्ष सिलवालले संचालन गरिरहेको सेल्टरमा सामान्य मानावधिकार समेत पालना गरिएको देखिदैन, एउटा ८ बाई ६ फिटको कोठामा २ महिने शिशु सहित ५ जना महिलाहरु भुईमै सुतिरहेको पाईएको छ, ती महिलाहरुको लागि व्यक्तिगत स्यानिटेसनको समानहरु समेत उपलब्ध नभएको जानाकारी प्राप्त भएको छ भने त्यति बेला मानव अधिकारको अवस्था सुखद नभएको भन्दै कोइराला र शेर्पाविरूद्ध आगो ओकल्ने कावा अध्यक्ष निरन्जन सिलवालले चलाएको अर्को १२ बाई ८ फिटको कोठामा ६ वटा खाट उपलब्ध भएपनि १५–१६ जना मानिस भूईंमा सुतेको भेटिन्छन्। अर्को १० बाइ ८ फिटको कोठामा १४ जना भुईमै सुतिरहेको समेत पाईएको छ । बरदुबई जस्तो ठाउँमा पुरानो टिमले २५०० दिरहममा एउटा कोठामा ८ जना राख्दा अनियमितता भयो भन्नेहरुले अहिले प्रती दिन एक जनाको १० दिरहमको दरले भेडाबाख्रा झै पिडितहरुलाई राख्दा एउटै कोठाको ३६०० देखि ४८०० सयसम्म तिरेको छु भन्दा अनियमितता भएको छैन भन्ने कुरामा विश्वास नलागेको कार्यसमितिकै सदस्यहरुले भन्न थालेका छन् ।
मासिक ३०० दिरहमका दरले खाना खुवाउन सकिन्छ भनेर कोटेसन उठाउनेहरुले अहिले प्रतिव्यक्ति १० दिरहमका दरले खानाको पैसा तिरीरहेको भने तापनि सेल्टरमा खाना स्वयम् पिडितहरु आफैले पकाउदै गरेको देखिएको छ । आइएलओ जस्तो अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा सञ्चालन भइरहेको यो प्रोजेक्टमा मानव अधिकारको सामान्य मापदण्ड पछ्याएको पनि देखिदैन। भिजिट भिषामा आएर विचल्लीमा परेका नेपालीलाई बाख्रा कोचेको जस्तै सेल्टरमा राख्ने भएकोले पहिले सेल्टर व्यवस्थापनको लागि उपाध्यक्ष पासाङ शेर्पालाई लगाईएको आरोप केवल नेतृत्व हत्याउने खेल मात्र रहेको कुरा आफै प्रमाणित भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...