Advertisement
SKIP THIS

तमु (गुरुङ) संचारकर्मी संघ नेपालद्धारा आयोजित विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा नेपालमा आदिवासी जनजाति आन्दोलन र तमू सञ्चारकर्मीको भूमिका विषयक जुम संवाद कार्यक्रम सम्पन्न ।


मनु कोन्मे गुरुङ, पोखरा ।

तमु (गुरुङ) संचारकर्मी संघको आयोजनामा २०७८ साउन २४ गते आइतबार  ( 08 august  2021 sunday )  विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा नेपालमा आदिवासी जनजाति आन्दोलन र तमू सञ्चारकर्मीको भूमिका विषयक भर्चुअल कार्यक्रम तमु (गुरुङ) संचारकर्मी संघ नेपालका अध्यक्ष रबिन गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।

जुम संवादको स्रोत व्यक्तिमा तमु (गुरुङ) संचारकर्मी संघ नेपालका परिकल्पनाकार तथा संस्थापक  हुम गुरुङ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ र नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएम रहनुभएको थियो ।

जुम संवाद सहजकर्ता तमु (गुरुङ) संचारकर्मी संघ नेपालका महासचिव रोशनी गुरुङले गर्नुभएको हो । जुम संवाद कार्यक्रममा तमु (गुरुङ) संचारकर्मी संघ नेपाल्का परिकल्पनाकार तथा सल्लाहकार भिम गुरुङ, तमु (गुरुङ) संचारकर्मी संघ नेपाल कास्कीका अध्यक्ष शान्ति गुरुङ, सल्लाहकार गौरी गुरुङ, नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष आश गुरुङ, कार्यसमितिका पदाधिकारीहरु, तमु पत्रकारहरु, नेपाल तथा बिदेशमा स्थापित तमु संघसंस्थाका अध्यक्षहरु, प्रतिनिधिहरु, तमु बुद्धिजीवी महानुभावहरु तथा शुभचिन्तहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

जुम तमु संवाद कार्यक्रममा तमु (गुरुङ) संचारकर्मी संघ नेपालका उपाध्यक्ष  लाला गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।  जुम संवादका स्रोत वक्ता तमु (गुरुङ) संचारकर्मी संघ नेपालका परिकल्पनाकार तथा संस्थापक हुम गुरुङले तमु (गुरुङ) संचारकर्मी संघ नेपालको आवश्यकता र भावी दिशा बारे प्रस्तुति दिनुभएको थियो । तमु (गुरुङ) संचारकर्मी संघ नेपालका पूर्वाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वर्तमान केन्द्रीय अध्यक्ष डण्ड गुरुङले आदिवासी जनजाति पत्रकार र तमु (गुरुङ) संचारकर्मी संघ नेपालको अन्तरसम्बन्ध र खेल्नुपर्ने भुमिकाबारे प्रस्तुति दिनुभएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले नेपाली पत्रकारिता क्षेत्रमा तमु संचारकर्मी र महासंघले हेर्ने दृष्टिकोणबारे आफ्नो प्रस्तुति दिनुभएको थियो ।

त्यसैगरी जुम तमु संवादमा सहभागिता जनाउनुहुने महानुभावरुले राख्नुभएको प्रश्नको उत्तर सो कार्यक्रमका श्रोत वक्ताहरुले दिनुभएको थियो । जुम संवाद नेपाली समय अनुसार बेलुकाको  ठिक ०६:०० बजे देखि ०८:३० बजे  सम्म चलेको थियो । जुम संवाद समापन तमु (गुरुङ) संचारकर्मी संघ नेपालका अध्यक्ष रबिन गुरुङले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...