प्रेमको मामिलामा मलाई इन्ट्रेस छैन- डान्सर पार्वती राई
२०६७ सालमा छमछमी नृत्य प्रतियोगितामा भाग लिए पछि पार्वती राईले राजु गुरुङ र मुना थापा मगरको स्वर रहेको ” हेर्छौ ओठ टोकी , नजिक -नजिक सरेको सोल्टिनी मन परेर होकी ” बोलको गीतवाट म्युजिक भिडियोमा ब्यवसायिक मोडलिङ गर्न थालेकी हुन् | अहिलेसम्म करिब ४ सय गीतको म्युजिक भिडियोमा मोडलिङ गरि सकेकी राई पछिल्लो समयमा स्टेज प्रोग्राममा पनि उत्तिकै ब्यस्त छिन | स्टेज प्रोग्रामकै लागि अमेरिका , अष्ट्रेलिया , कोरिया , होङकोङ , कतार , दुबई , बहराईन , मलेसिया लगायतका देशहरुमा पुगेर आफ्नो कला प्रस्तुत गरि सकेकी छिन | राईले नेपाली चलचित्र ” हमजाएगा”मा समेत अभिनय गरेकी छिन | नेपाली नृत्य बजारको बर्तमान अवस्थाको बारेमा फोनिज कोरिया संवाददाता निश्चल काउचाले राईसंग गरेको कुराकानी:-
अचेल के गर्दै हुनुहुन्छ ?
म्जुजिक भिडियोहरु गरिरहेको छु | त्यसको अलावा स्टेज प्रोग्रामहरुमा नै ब्यस्त छु |
तपाईलाई त लोक दोहोरी नायिका भन्छन नी?
हो म लोक दोहोरी नायिका नै हु | मेरो क्यारिएर नै दोहोरीवाट भएको हो | म आफैले पनि लोक दोहोरी नायिका भन्ने गरेकी छु |
नाचेर जिउन सकिन्छ ?
मज्जाले सकिन्छ | मेहनत गर्न सके जुन सुकै क्षेत्रमा पनि टिक्न सकिन्छ |
मासिक कति कमाउनु हुन्छ ?
पारिश्रमिक ठ्याकै यति भन्ने हुदैन | कुनै महिना धेरै नै हुन्छ | कुनै महिना अलि घट्छ | स्टेज प्रोग्रामहरुमा जादा अलि बदि नै हुन्छ | म मेरो काम र कमाईबाट पूर्ण सन्तुष्ट छु |
फ्यानहरु टन्नै होलान नी ?
धेरै नै हुनुहुन्छ मलाई भन्दा पनि मेरो कलालाई माया गरेर पार्वती राई भनेर माया गर्नु हुने हुनुहुन्छ | उहाँहरुकै मायाले त म यो क्षेत्रमा टिकीरहेकी छु |
प्रेम प्रस्ताव राख्नेहरु पनि होलान नी?
केही फ्यानहरुले प्रेम प्रस्ताव भन्दा पनि आफ्ना भित्री मनका कुराहरु सेयर गर्नु हुन्छ | म त्यसलाई नकारात्मक रुपमा लिन्न | पोजेटिभ रुपमा नै लिने गरेकी छु तर अहिले मलाई यो मामिलामा इन्ट्रेस छैन | मैले क्यारिएरतिर नै ध्यान दिने गरेकी छु | पछि कुनै दिन मलाई इन्ट्रेस जाग्यो भने ओके पक्कै भन्ने छु |
यो क्षेत्रमा त शारीरिक शोषण गर्न खोजिन्छ भन्छन नी ?
म यो कुरामा के भन्न चाहन्छु भने यस्ता कुराहरु सबै आफु गुणा हुने हो | आफु ठिक ठाउमा बसेर स्ट्रोङली उभिन सके कसैले केही गर्न सक्दैन | म यो क्षेत्रमा लागेको ५ वर्ष हुदैछ | मैले त्यस्तो फिल गरेकी छैन | आफु भलो त जगत भलो |
नृत्यमा लाग्ने प्रेरणा कोबाट पाउनु भो ?
मेरो प्यारेन्टसबाट हो | मेरो बुवा , ममी फ्यामिलीको सपोर्टवाट नै आज म सबै सामु पार्वती राई भनेर चिनिन पाएकी छु |
भावी योजना के -के छन ?
म यो डान्सीङ क्षेत्रलाई केही योगदान दिन चाहन्छु | अझै पनि समाजले यो फिल्डलाई त्यति राम्रो नजरले हेर्ने गर्दैन त्यो मानसिकतालाई बदल्दै डान्सरहरुले पनि समाजका लागि केही गर्न सक्छन भनेर देखाउनु छ | अनि अर्को पार्ट अब नयाँ आउने पिढीलाई यो फिल्डमा पनि भबिष्य छ है भनेर प्रेरणा दिने प्रयत्न गर्ने छु |
अन्त्यमा केही भन्न चाहनु हुन्छ की ?
पार्वती राई जे छ जस्तो छ सबै फ्यानहरुको मायाले गर्दा नै छ | आउदा दिनहरुमा पनि यसरी नै माया गर्दिनु होला हाम्रो बिचको मायाको डोरी नचुदियोस भन्दै मेरो केही कुरा राख्ने मौका दिएकोमा फोनिज कोरियालाई पनि धेरै धेरै धन्यवाद |