कोरियाबाट विनोद कुवरको एनआरएन एसिया प्यासीफिक क्षेत्रिय संयोजकमा उम्मेदारी घोषाण
दक्षिण कोरियामा रहेर एनआरएन कोरियाको स्थापना कालदेखि नै करिब १६ वर्षदेखि विभिन्न पदमा रही काम गर्दै आएका व्यवसायी विनोद कुवरले यसपालीको एनआरएन विश्व सम्मेलनमा एसिया प्यासीफीक क्षेत्रिय संयोजकको लागि उम्मेदारी दिने घोषणा गरेका छन् ।
कुवर एनआरएन कोरियाको २ पटक ९सन् २००९–२०११, २०१४–२०१५० अध्यक्ष भइसकेका छन् भने एनआरएन आइसीसीमा सदस्य ९२०१५–२०१७० हुदै एसिया प्यासिफिक क्षेत्रिय उपसंयोजकको ९२०१७–२०१९० पदमा बसी प्रसस्तै अनुभव बटुलिसकेका छन् । साथै मानर्थ परिषद सदस्य ९२०१९–२०२१० बनी विभिन्न जिम्मेवारी पुरा गरिसकेका छन् ।
कुँवरले लामो समयको एनआरएनए अभियानको अनुभवसहित नेपाल बाहिर बसोवास गर्ने नेपालीहरुको हितका लागि थप कार्य गर्ने अठोट बोकेर यसपालि एनआरएनको आसन्न निर्वाचनमा एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।
गतिशिलरुपमा रहेको एसिया प्यासिफिक क्षेत्र विश्वको अर्थतन्त्रको करिब ३० प्रतिशत हिस्सा ओट्ने सामथ्र्य राख्छ । यो क्षेत्रमा रोजगारी, व्यापार, अध्ययन तथा अन्य कारणले वसोवास गर्ने नेपाली समुदायको सङ्ख्या उल्लेख्य मात्रामा रहेको छ। यस क्षेत्रमा द्रूत गतिमा भएको विकासको मेडलसंग नेपालीहरु साक्षी बन्ने मौका पाएका छन् । नेपालको समृद्धीमा टेवा पुराउने एनआरएनको एक मुख्य उद्देश्य हो । त्यसैले यस क्षेत्रमा नेपालीहरुले आर्जन गरेको ज्ञान, शिप, प्रविधि र पुँजीलाई नेपालमा प्रत्यक्ष सहभागीताका सहित सदुपयोग गर्ने उद्देश्य आफ्नो रहेको कुवरले बताए ।
उनले थपे नेपालको समृद्दिको निम्ति हरेक तह र तप्कामा ठोस नीति तथा कार्यक्रम निर्माण गर्ने एउटा नयाँ अभियान संचालन गर्ने लक्ष्यका साथ अघि बढ्नेछु।
उनका मुख्यत चार ओटा प्रतिवद्धताहरु निम्न अनुसार रहेका छन्
१। संस्थागत सबलीकरणको लागि नेटवर्किङ, समावेशीता, पारदर्शिता
२। श्रम डिप्लोमेसी मार्फत सुरक्षित, मर्यादित एवं व्यवस्थित वैदेशिक रोजगारको सुनिस्चितता
३। ब्रेन पुलिङ द्वारा सम्बृद् नेपालका लागि ज्ञान, सिप र प्रविधि हस्तान्तरण अभियान
४। उद्यमशीलताको प्रोत्साहन गर्दै स्थानीय उद्यमशीलता प्रवर्धन र रोजगारी सृजना