Advertisement
SKIP THIS

कोरियामा अध्ययनरत बिरामी गोबिन्द अर्यालले पाए स्याङ्जा परिवारबाट आर्थिक सहयोग ।


बोम्जन गुरुङ
०३ सेप्टेम्बर २०२१, सउल कोरिया ।

स्याङ्जा जिल्लाको गल्याङ् नगरपालिका वडा नं. ०८ चिउरी स्थायी घर भई अध्ययनको सिलसिलामा कोरिया आएका गोविन्द अर्यालको स्वास्थ्यमा जटिल समस्या देखिएपछि स्याङ्जा परिवारको पहलमा संकलित ६६,४६,५५५/-कोरियन वोन (करिब पौने सात लाख नेपाली रुपैंया) बिरामीलाई हस्तान्तरण गरिएको छ । अर्यालको कलेजो, मुटु र मष्तिष्कमा एकैचोटी समस्या देखिएपछि सउल स्थितको एक अस्पतालमा विगत एक महिनादेखि उपचाररत थिए ।

अर्याल अचानक बेहोस भए लगत्तै Seoul Hospital को आकस्मिक कक्षमा उनलाई भर्ना गरिएको थियो । जटिल स्वास्थ्य समस्याका कारण उनको उपचार धेरै खर्च महङ्गो भएकोले स्याङ्जा परिवार दक्षिण कोरियाले आर्थिक सहयोगको अपिल गर्दै विज्ञप्ति सार्वजनिक गरेको थियो । संस्थागत पहलमा संकलित रकम सहित गत हप्ता स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष विजय थापा, केन्द्रीय उपाध्यक्ष भक्त थापा, बिरामी निकट दुर्गा भण्डारी लगायत अन्य व्यक्तित्वहरु बिरामीलाई भेटेर नै उक्त रकम हस्तान्तरण गरिएको हो ।

पछिल्लो समय स्वास्थ्यमा क्रमिक सुधार देखिएका अर्याल अस्पताल डिस्चार्जपछि हाल नियमित औषधी सेवन गरिरहेका छन् यद्धपि समय समयमा नियमित चेक जाँच गरिरहनुपर्ने अस्पताल श्रोतले जनाएको छ । बिरामीको स्वास्थ्य लाभको कामना गर्दै मानविय संवेदना सहित सहयोगमा जुट्नुहुने सबै मनकारी व्यक्ति र संस्थाप्रति स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष विजय थापाले हार्दिक आभार प्रकट गरेका छन् ।

सहयोगीहरुको विवरण संस्थाको पेजमा सुरक्षित रहेको केन्द्रीय सचिव माधव अर्यालले बताए । बिरामीको घर परिवारबाट आर्थिक सहयोगको अपेक्षा अनुसार यो दुःखको बेलामा संस्थागत अपिल र अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने तमाम मनकारी व्यक्तित्वहरुलाई स्याङ्जा परिवार दक्षिण कोरियाले धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...