Advertisement
SKIP THIS

नेपाल मगर संघ काेरियाद्वारा सहयाेग हस्तान्तरण


नेपाल मगर संघ दक्षिण कोरियाले सहयाेग हस्तान्तरण गरेकाे छ । संघले “कोरिया-नेपाल मगर उत्थान कोष” अन्तर्गत स्वास्थ्य-बिज्ञान शीर्षक अन्तर्गत राष्ट्रिय आबिष्कार केन्द्रलाइ चार लाख र शिक्षा शीर्षक अन्तर्गत सामाजिक अभियन्ता सपना रोका मगरको शैक्षिक बिकासको निम्ति एक लाख हस्तान्तरण गरेकाे छ ।

नेपाल मगर संघ केन्द्रिय भवन कलंकीमा सम्पन्न गरिएकाे एक अनाैपचारिक कार्यक्रममा रकम हस्तान्तरण भएकाे नेपाल मगर संघ गणतन्त्र काेरियाका संरक्षक एवं अक्षयकाेष समितिका संयाेजक अप्त पुन मगरले बताए। उक्त कार्यक्रममा नेपाल मगर संघ केन्द्रका केन्द्रिय पदाधिकारीहरु उपाध्यक्ष गंगा खासु मगर,महासचिब ज्ञानेन्द्र पुन मगर, बिदेश सचिव रक्षा रैका मगर, केन्द्रिय सदस्य तथा एशिया संयोजक चन्द्र ज्योति आले मगर, कोरिया नि-बर्तमान सल्लाहकार अशोक बुढा मगर, निवर्तमान अध्यक्ष सी.पी.मगर, भु.पु.सह-कोषाध्यक्ष सुशीला थापा मगर, सक्रिय सदस्य मुन मगर सहभागी भएकाे नेपाल मगर संघ गणतन्त्र काेरियाका बरिष्ठ उपाध्यक्ष गाेकर्ण थापा मगरकाे उपस्थित रहेका थिए ।

 

नेपाल मगर संघ गणतन्त्र काेरियाका अध्यक्ष टेक पुन मगरले यस संस्थाकाे सानाे पहलले राष्ट्रिय आविष्कार केन्द्र तथा युवा अभियन्ता सपना राेका मगरलाई थाेरै भएपनि आर्थिक टेवा पुग्ने र आउँदाे दिनहरुमा पनि यसरी नै सामाजिक कार्यमा लागिरहने विश्वास व्यक्त गर्नुका साथै कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गरे। यसैगरी संघका महासचिव केशर राना मगरले नेपाल मगर संघ कोरिया द्वारा सञ्चालित ऐतिहासिक अक्षय कोष लाई दीर्घकालीन प्रभावकारी संस्थागत रूपमा स्थापित गर्नको लागी योजनाबद्ध रुपले संघ लागी रहेको जानकारी दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...