कोरियमा तिजको सान्दर्भिकता


मञ्जु गुरुइ०

नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ रहेका छन् भने कतिजना दर्शक बनेर अप्रत्यक्ष सहभागि भइ नै रहेका छन् । यसपाली कोरोना महामारीका कारण विगतमा जस्तो सामूहिक जमघटको ठूलठूलो चहल पहल नभएपनि घर घरमा तीज सलबलाई रहेको छ । सामाजिक संजालमा महिलाहरु रातै पहिरण र गहनाले रंगीन थालेको छ ।

प्रदेशमा बस्ने नेपाली पनि के कम । जति नै व्यस्त भएपनि आफ्नो संस्कार र संस्कृतीबाट कहाँ टाढा हुन सकिन्छ र । विश्वभरी छरिएर रहेका नेपाली महिलाहरु मात्र हैन पुरुष पनि सामेल भएर खानपिन गर्ने र नाचगान गरी मानाउने चलन पुरानै हो । स्वादेशमा मात्र हैन विदेशमा पनि कोरोनाका कारण धेरै जना एकै ठाउँ भेला हुन सम्भव छैन । कोठा कोठामा केही दिदी बहिनी र दाजु भाईको समूहमा दर खाने गरेको तस्वीरहरु सामाजिक संजालमा छरिन थालेका छन् ।

विदेशमा झट्ट हेर्दा तीज महिलाहरुको पहिरण र गहनाको प्रदर्शन गर्ने पर्व जस्तो लाग्छ । विदेशमा धेरै जनाले यस्को धार्मिम पक्षलाई अनुसरन गर्दैन्न् । यही एक दिनको लागी लाखौ खर्च गर्छन महिलाहरु । बर्षै भरी दराजमा थन्कीने कपडा र गहना यही दिनको लागि हुने गर्छ । दराजमा राखिएका कपडाहरु नयाँ नै हुदा हुदै पनि फेरी यो वर्षको लागि अर्कै डिजाइनको कपडा र गहना महिलाहरुको चाहनामा पर्छन । गहना र कपडा मार्फत आफ्नो हैसियतलाई प्रदर्शन गर्ने अप्रत्यक्ष होडवाजी विदेशमा पनि कम छैन । महिलाहरुमा अन्तरनीहित यस्ता होडबाजीले महिलाहरुलाई नै ग्लानीबोधको शिकार बनाउने गर्छ । हुन त यो नेपाली समाजको एक भ्रमपुर्ण गलत सोचाईको उपज नेपाली संगै प्रदेशमा पनि पुग्ने नै भए ।

कोरियामा नेपाली राजदूताबासको सन २०१९ को तथ्यकं अनुसार महिलाको संख्या ४ हजार ८ सय देखाएको छ । जसमा विद्यार्थि ६ सय ३४ र कोरियन नागरीकसंग विवाह गरेका ६ सय १४ जना तथ्यंक उल्लेख गरिएको छ । इपिएस मार्फत काम गर्न आएका महिलको संख्या २ हजार १ सय ७६ जना सबैभन्दा बढी देखाएको छ । करिब डेड वर्ष अघिको तथ्यंक भन्दा हाल कोरियामा नेपाली महिलाको संख्या बुद्धी भएको छ । विद्यार्थी, विवाह गर्ने र पारीवारीक भिषामा कोरिया भित्रिएका महिलाहरुको संख्या पनि बढेको छ । यसरी हेर्दा पाँच हजार भन्दा बढीको संख्यामा नेपाली महिलाहरु कोरियामा रहेको अनुमान गर्न सकिन्छ ।

कोरियामा नेपालीहरुको राजधानीकोरुपमा परिचित सउलको दोइ०देमुनमा नेपाली संघसंस्थाले विगतमा तीज कार्यक्रम गर्दै आएको छ । विषेश गरी महिलाहरुको संस्था ओमेन फर आमेनको तीज कार्यक्रम एक मुख्य कार्यक्रम बन्ने गर्छ । रजदूताबासका पदाधीकारीदेखि गन्यमान्य व्यक्तित्वको साथमा नेपाली दिदीबहिनीहरु भेला भएर कार्यक्रम गर्ने गर्छन । त्यसैगरी विभिन्न संघ संस्थाले पनि आफ्नो पायक पर्ने ठाउमा भेला भएर दरखाने कार्यक्रम गर्दै आएकै छन् । तर ती कार्यक्रममा खानपीन र नाचगान बाहेक थप केही पनि हुदैन । जसले नेपाली पहिरण, गहना , मौलिक खाना र सांस्कृतीक पक्ष मात्रै समेटेको जस्तो लाग्छ ।

तर तीज कार्यक्रमलाई सृजनामुखी बनाउने सोच अहिलेसम्म कसैको पनि देखिएको छैन । तीज विषेश गरी महिलाहरुको लागि र महिलाहरुको नै सहभागीता हुने कार्यक्रम हो । नेपाली महिलाहरुको लागि तीज एक सुवर्ण मौका हो । महिलाहरुमा अन्तरनिहीत प्रतिभालाई उजागर गर्ने एक सुवर्ण मौकाको रुपमा तीजलाई सदुपयोग गर्न सक्छौ । तीजको धार्मिक र सांस्कृतीक पक्षसंगै जोडेर महिला प्रतिभालाई प्रोत्साहन गर्न सक्छौ । अनावाश्यकरुपमा गहना र लत्ता कपडामा गरिने खर्चलाई संकलन गरी सामाजिक कार्यमा लगाउन सक्छौ । यस्ता फजुल खर्चलाई सदुपयोग गरी महिला उत्थानको लागी खर्च गर्न सक्छौ ।

उहिले तीजमा गीत – संगीत मार्फत महिलाको पीडा उजागर गर्ने माध्यम बनेको थियो भने माइतिसंगको सामिप्यता यसको अर्को महत्व थियो । तर आजकल महिलाको पीडा उजागर गर्ने माध्यम धेरै भइसके, । माइति संगको सामिप्यताको लागि तीज नै कुर्नु पर्दैन । समयले फट्को मारे संगै हामीले पनि हाम्रो सान्दर्भिकतालाई बुझन आवश्वश्यक छ । कोरिया जस्तो विकसीत देशमा बसेर हामीले आर्जन गरेको ज्ञान, शिप र प्रतिभालाई उजागर गरी विश्वमा परिचित गराउनका साथै नेपाली महिला उत्थानको लागि सामाजिक कार्य गर्न सकिने अवसरको रुपमा तीजलाई मनाउनु आजको सान्दर्भिकता हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...