अनेसास दक्षिण कोरिया च्याप्टरद्धारा युवाकवि मोतीराम भट्टको जन्मजयन्ती विशेष गजल वाचन कार्यक्रम सम्पन्न ।


२० भाद्र २०७८, सउल कोरिया ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया च्याप्टरले नेपाली साहित्यका युवाकवि मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा मोती जयन्ती विशेष गजल वाचन कार्यक्रम सम्पन्न गरेको छ । गत आईतबार गजलकार डा.घनश्याम परिश्रमीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समकालीन नेपाली गजलका चार गजलकारहरु त्रुपक, संगिता थापा, प्राञ्जल र निर्दोष शिवले चार/चार वटा गजल सुनाउनु भएको थियो ।

गजलकारहरुले पहिलो चरणमा दुई/दुई वटा र दोश्रो चरणमा दुई/दुई गरि चार/चार वटा गजल सुनाउनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि डा. घनश्याम परिश्रमीले मोतीराम भट्टको इतिहास, नेपाली साहित्यमा उहाँको योगदान र समकालीन नेपाली गजलकारहरुले मोतीराम भट्टबाट सिक्नुपर्ने कुराहरुको बारेमा प्रकाश पार्नुभएको थियो । पछिल्लो समयमा नेपाली गजलमा देखिएको विवादको विषयमा पनि चिन्ता व्यक्त गर्नुभएको थियो । गजललाई विवाद रहित राखेर गजलमा साधना गरिरहनुभएका गजलकारले गजलको भाव पक्ष सबल बनाएर गजल लेख्न अनुरोध पनि गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष डा. प्रमोद सारंगज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सँस्थाका महासचिव ह्यारी बोण्डले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...