न्यू भिजन ग्रुप दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न ः संयाेजकमा दिपेन्द्र अधिकारी
न्यू भिजन ग्रुप दक्षिण कोरियाको दोस्रो अधिवेशन अाइतबार सम्पन्न भएकाे छ । किम्हेकाे लुम्बिनी रेस्टुरेन्ट भएकाे अधिबेसनबाट संयाेजकमा दीपेन्द्र अधिकारी संयाेजकत्वमा ४३ सदस्यिय समिति वनेकाे छ ।
संस्थाले सामाजिक सेवामूलक कामलाई प्राथमिकता राखी विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरू बिच भैपरी अाउने समस्याहरूमा आवश्यक सहयोग गर्ने उद्देश्यले स्थापना भएको हो। यो संस्थाले सामुहिक लगानीको अवधारणालाई समेत आत्मसाथ गर्दै अगाडी बढ्ने छ। यो संस्थाले नेपाल तथा कोरियामा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ। जस अन्तर्गत नेपालमा नेत्रहिन संघको केन्द्रीय कार्यालय मार्फत विभिन्न सामग्री नेपालमा हस्तान्तरण गरेकाे थियाे । त्यस्तै धुर्मुस-सुन्तली foundation लाई आर्थिक सहयोग, अग्नी पीडित बालबालिकालाई आर्थिक सहयोग लगायत विभिन्न सामाजिक कार्यहरु गरेको छ। संस्थाले युवाहरुको एकता नयाँ सोचको अवधारणा समृद्धिको चाहना भन्ने मूल नाराको साथ गतिविधि गर्दै आइरहेको छ।
दास्राे अधिवेशनमा संस्थाका संयोजक संजीव कुमार राईको सभापतित्वमा प्रमुख अतिथि कार्यवाहक राजदुत राम सिंह थापाले अाफ्नाे धारणा राखेका थिए । त्यस्तै अथिती NRNA दक्षिण कोरियाको सचिब श्री सत्याल, निवर्तमान अध्यक्ष यज्ञराज सुबेदी लगाएत कोरियामा भएका बिभिन्न सघ-संस्था, राजनैतिक संगठन,जातीय संघसंस्था, क्षेत्रीय संस्थाहरूको आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रम उक्त संस्थाका सचिव जीवन शर्माले संचालन गरेकाे थियो।
अधिवेशनबाट अधिकारीकाे संयोजकत्वमा ४३ सदस्यिय कमिटी निर्माण गरेको छ। जसमा उप-संयोजक उत्तम लामिछाने, उपसंयोजक तागेन्द्र राई सचिबमा जीवन शर्मा, सह सचिब राम पौडेल, कोषाध्यक्ष रमेश श्रेष्ठ, सह कोषाध्यक्ष ओम भण्डारी चुनिएका छन् ।