Advertisement
SKIP THIS

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए


एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा तिजले महिला सशक्तीकरणमा खेल्ने भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरी मनाएका हुन् ।

कार्यक्रमाम अष्ट्रेलियाबाट एनआरएन केन्द्रिय महिला संयोजक भोमा लिम्बुको प्रमुख आतिथ्य र हइ०कइ०बाट हाल एनआरएन आइसीसी सचिवमा उम्मेदारी घोषणा गरेकी टिका गुरुइ०को विषेश आतिथ्य रहेको थियो । महिला संयोजक लिम्बुले यसरी विभिन्न देशबाट सहभागिता जनाउदै सांस्कृतीक पर्वको चर्चा संगै महिला हक अधिकारको बारे चर्चा गर्न पाउनु नै महिला सशक्तिकरण भएको बताएका थिए ।

त्यसैगरी विषेश अतिथि टिका गुरुइ०ले एनआरएनमा महिला नेतृत्वमा बृद्धी गरी विभिन्न समस्याको समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउदै संस्कृतीक पर्व तिजको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमका अर्का विषेश अतिथि सउल नेपाली राजदूताबासका श्रमसहचारी रमा भट्टराईले तिज पर्वको एतिहासिक पक्ष र वर्तमान पक्षको चर्चा गर्दै शुमकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा एनआरएन कोरियाका पूर्व अध्यक्ष लक्ष्मी लामा गुरुइ० , हाल एनआरएन आइसीसी महिला संयोजककी उम्मेदार घोषणा गरेकी जुनु गुरुइ० ,एनआरएए कोरियाका महिला उपाध्यक्ष सुभद्रा लिम्बु , राजनीतिककर्मी एमाले नेत्री सृजना नेपाली र मिना थापाले पनि कोरियामा महिलाको अवस्था र तिजको सन्दर्भ बारे चर्चा गर्दै शुभकामना दिएका थिए ।

एनआरएन कोरियाले यसपाली पहिलो पटक तिज कार्यक्रम मनाएका थिए । एनआरएन कोरियाका महिला संयोजक सुजता बस्नेतद्धारा संचालित कार्यक्रममा काग्रेस नेत्री आस्था विन्दु मल्ल र महिलाको लागि महिलाकी अध्यक्ष रितु श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...