दक्षिण कोरियामा फेरि एक नेपालीको निधन


दक्षिण कोरियामा कार्यरत भोजपुरका सुजन घलेको सेप्टेम्बर १७ का दिन उपचारको क्रममा निधन भएको छ।

बिगत ७ बर्ष देखि इपिएस प्रणाली मार्फत कोरियामा काम गर्दै आएका भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका १ कुलुङ्ग स्थायी घर भएका २८ बर्षिय घलेको दक्षिण कोरियाको नुनसान स्थित स्थानिय अस्पतालमा निधन भएको हो। करिब ३ हप्ता अघि कम्पनिमै काम गर्ने क्रममा एक्कासी बेहोस भएर ढलेपछि अस्पताल भर्ना गरिएकोमा मुटु र टाउकोमा समस्या देखिएको थियो।

मृतक घले केही बर्ष देखि गैर कानुनी रुपमा बसोबास गरिरहेको कारण कानुनी जटिलता भएकोले थप उपचारका लागी सम्बन्धित ठुला अस्पतालहरुमा तत्काल भर्ना गराउन नसकिएको कुरा भोजपुर परिवार दक्षिण कोरियाका अध्यक्ष सुमन्त मगरले जानकारी गराएका छन्। यद्यपि केही सहयोगि र परामर्शदाताहरुको समन्वयमा भर्ना प्रकिया गर्दै गर्दा घलेको दु:खद निधन हुन पुगेको कुरा अध्यक्ष मगरले बताए।

घरको आर्थिक अबस्था कमजोर साथै गैर कानुनी बसोबास अन्तर्गत स्वास्थ्य बिमा नहुने भएकोले अस्पतालमा उपचार महङ्गो पर्न गई कुल ३ करोड ५० लाख वन बराबरको अस्पताल बिल उठेकोमा उक्त रकमबाट १ करोड वन छुट दिई हाल दुई करोड ५० लाख तिर्न बाँकी रहेको छ। घले कार्यरत कम्पनीबाट दुई करोड २५ लाख वन र बाकी रकम २५ लाख वन मृतकका तर्फबाट तिर्नुपर्ने बताईएको छ।

मृतकको पार्थिव शरीर दूतावाससंगको समन्वयमा आगामी २६ सेप्टेम्बरमा नेपाल पठाउने तयारी गरिएको छ। मृतकका तर्फबाट अस्पतालमा तिर्न बाकी २५ लाख वन, शव गृह खर्च ११ लाख वन अनुमानित रकम(सेप्टेम्बर १७ देखि २६ सम्म) र हवाईजहाज खर्च ५४ लाख वन गरि लगभग अनुमानित कुल ९० लाख वन रकम आवश्यक पर्ने देखिएको कुरा अध्यक्ष मगरले उल्लेख गरेका छन्। साथै उहाँले उक्त रकम जुटाउन कोरियामा कार्यरत सबैप्रती भोजपुर परिवारको तर्फबाट अपिल गरेका छन्

आर्थिक सहयोगका लागी भोजपुर परिवार दक्षिण कोरियाका सह-कोषाध्यक्ष THAPA KUMAR को IBK बैंकमा रहेको खाता नम्बर 221-425464-02-028 मा रकम जम्मा गरि सहयोग गर्न सकिने कुरा सो संस्थाले जनाएको छ। साथै सहयोगिहरुको सम्पुर्ण बिबरण अद्यावधिक गरि सार्वजनिक गरिने समेत संस्थाले जानकारी गराएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...