नेपाल तामाङ घेदुङ दक्षिण कोरिया छेजुदो शाखाको प्रथम अधिवेशनबाट अनिता रुम्बा नेतृत्वको कार्यसमिति चयन ।
बोम्जन गुरुङ
१९ सेप्टेम्बर २०२१, सउल कोरिया ।
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया छेजुदो शाखाको प्रथम अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । गत शनिबार राम तामाङको सभापतित्व र सोही संस्थाको केन्द्रीय अध्यक्ष रवि लामाको प्रमुख आतिथ्यतामा सो अधिवेधन सम्पन्न भएको हो ।
संस्थाको सक्रिय व्यक्तित्व तथा शुभचिन्तक बिमल तामाङले स्वागत मन्तव्य दिएका थिए । उक्त अधिवेशनसँगै नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो दोश्रो शाखाको रुपमा छेजुदो शाखा विस्तार गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रका अध्यक्ष रवि लामाले आफ्नो भाषा, धर्म, संस्कृति र संरक्षणका निम्ति प्रत्येक तामाङहरु जागरुक र जिम्मेवार हुनुपर्ने खाँचो औंल्याउँदै कोरियामा दोश्रो शाखा स्थापनाको ऐतिहासिक क्षणमा खुशी व्यक्त गरे । साथै विशेष अतिथि ने.ता.घे केन्द्रका संरक्षक, सल्लाहकार तथा ने.ता.घे ख्याङसाङ बुसान शाखाका अध्यक्ष धनराज तामाङ लगायत विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले महाधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।
उदघाटन सत्रपछिको बन्द सत्रमा कार्यक्रम संयोजक तथा सभापति राम तामाङको संयोजकत्वमा बनेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्य समितिलाई सपथ ग्रहण गराएका थिए भने उदघाटन सत्रमा कार्यक्रम सञ्चालन अनिता रुम्बाले गरेकी थिईन् ।