तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको पहिलो विशेष अधिवेशनबाट कर्ण गुरुङ नेतृत्वको कार्यसमिति चयन ।


बोम्जन गुरुङ
२० सेप्टेम्बर २०२१, सउल कोरिया ।

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको पहिलो विशेष अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । आइतबार अनिश गुरुङको सभापतित्व र तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्ष लेसन गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।

उक्त शाखा संस्थाको संरक्षक गोपाल गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका कोषाध्यक्ष सन्तोष गुरुङले संस्थाको प्रगति प्रतिवेदन र आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई अनुशरण गर्दै आईरहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको पहिलो बिशेष अधिवेशनमा विशेष अतिथिहरुमा तमू धीं दक्षिण कोरिया थेगु शाखाका अध्यक्ष हर्क गुरुङ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जीव राई, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका निवर्तमान अध्यक्ष यज्ञराज सुवेदी, नेपाल मगर संघ किम्हे बुसान शाखा अध्यक्ष धन सलामी मगर, नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाकी अध्यक्ष परी गुरुङ, नेपाल तामाङ घेदुङ समाज बुसानका वरिष्ठ उपाध्यक्ष सोम योन्जन, तमू धीं दक्षिण कोरिया केन्द्रका सल्लाहकारहरु, लगायत कोरियास्थित विभिन्न जातीय, राजनैतिक धार्मिक र सामाजिक संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले महाधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

उदघाटन सत्रपछिको बन्द सत्रमा सोही शाखा संस्थाका संरक्षक गोपाल गुरुङको संयोजक, सदस्यहरु परी गुरुङ र बिक्रम गुरुङ रहने गरि बनेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको विशेष अधिवेशनबाट अध्यक्षमा कर्ण गुरुङ, उपाध्यक्ष जिना गुरुङ, उपाध्यक्ष गिता सिंह गुरुङ, उपाध्यक्ष प्रवेश गुरुङ, उपाध्यक्ष फिलिप गुरुङ, सचिव लाल बहादुर गुरुङ, सचिव सन्तोष गुरुङ, सहसचिव मोहन गुरुङ, कोषाध्यक्ष जिवन गुरुङ, सहकोषाध्यक्ष अनिश गुरुङ र सदस्यहरुमा सुन्दर गुरुङ, सूर्य बहादुर गुरुङ, रेशम गुरुङ, आशा गुरुङ, अञ्जु गुरुङ, सारा गुरुङ, कमला गुरुङ, कृति गुरुङ, बिनीता गुरुङ, राजेश गुरुङ, मनिता गुरुङ सर्वसम्मत चयन भएका छन् ।

जूम भर्चुअलमा विशेष प्राविधिक सहजीकरणसँगै कार्यक्रम सञ्चालन संस्थाका सचिव गितासिंह गुरुङले गरेका थिए । तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको विशेष अधिवेशनलाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष र जूम भर्चुअल मार्फत जोडिएर उपस्थित समस्त महानुभावहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...