Advertisement
SKIP THIS

तनहुँ सम्पर्क समिति कोरियाको तेह्रौं अधिवेशनबाट दीपक थापा मगर नेतृत्वको कार्यसमिति चयन


बोम्जन गुरुङ
२२ सेप्टेम्बर २०२१, सउल कोरिया ।

तनहुँ सम्पर्क समिति दक्षिण कोरियाको तेह्रौं अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । गत २० तारिक सोमबार संस्थाका अध्यक्ष सबिन गुरुङको सभापतित्व र नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष श्री प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्ष खुम बहादुर थापाको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका महासचिव दीपक थापा मगरले प्रगति प्रतिवेदन र सम्पूर्ण आर्थिक आयव्यय विवरण संस्थाका सचिव प्रताप अछामीले प्रस्तुत गरेका थिए । “आपसी सहयोग, सद्भाव र एकता, हामी प्रवासीको आवश्यकता” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको तनहुँ सम्पर्क समिति दक्षिण कोरियाको तेह्रौं अधिवेशनमा विशेष अतिथि र अतिथिहरुमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाकी सभापति आस्था विन्दु मल्ल, संस्थाका संरक्षक विष्णु थापा, प्रमुख सल्लाहकार दिनेश पाण्डे र सल्लाहकार गिरीराज कुँवर लगायत कोरियास्थित क्षेत्रीय, राजनैतिक, जातीय, धार्मिक लगायत विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले अधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

उदघाटन सत्रपछिको बन्द सत्रमा संस्थाका सल्लाहकार लक्ष्मण राना मगर संयोजक रहने गरि सदस्यहरु दिनेश पाण्डे, विष्णु थापा र खेम थापाको निर्वाचन कमिटीले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । तनहुँ सम्पर्क समिति दक्षिण कोरियाको तेह्रौं अधिवेशनबाट अध्यक्षमा दीपक थापा मगर, वरिष्ठ उपाध्यक्ष सुदर्शन भण्डारी, उपाध्यक्ष लक्ष्मी राना मगर, महासचिव विमल थापा मगर, सचिव प्रताप अछामी, कोषाध्यक्ष कमला भण्डारी, सदस्यहरुमा संगम राना, सुनिता राना, कुसुम थापा, यम थापा, विनोद थापा, सुमन थापा, सुनिल श्रेष्ठ, सूर्य भूषाल, दीपक पुरी, सुजन बस्याल, शिव सारु, सुशिल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

जूम भर्चुअलमा प्रताप अछामीको विशेष प्राविधिक सहजीकरणसँगै उदघाटन सत्रमा कार्यक्रम सञ्चालन संस्थाका महासचिव दीपक थापा मगरले गरेका थिए । तनहुँ सम्पर्क समिति दक्षिण कोरियाको तेह्रौं अधिवेशनलाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जूम भर्चुअल मार्फत जोडिएर सहयोग गरिदिनु हुने उपस्थित समस्त महानुभावहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...