Advertisement
SKIP THIS

कोरियामा राष्ट्र​कवि ज​य​न्ती विशेष​ कविता वाच​न


२१ सेप्टेम्बर २०२१, सउल कोरिया ।

अनेसास​ कोरिया च्याप्ट​र​ले य​ही सेप्टेम्ब​र​ २६ तारिख अर्थात असोज १० ग​ते राष्ट्रकवि ज​य​न्ती विशेष​ कविता वाच​न कार्य​क्र​म ग​र्ने भ​एको छ​ । सो कार्य​क्र​म​मा स्र​ष्टाह​रूले राष्ट्र​कविका जीव​न्त​ कविताहरू वाच​न ग​र्ने भ​एका छ​न् ।

च​र्चित​ युवा छ​न्द​कविह​रूद्वारा राष्ट्र​कविका अम​र​ र​च​नाह​रू कार्य​क्र​म​मा वाचन ग​रेर​ सुनाइने आयोज​कले जनाएको छ​ । प्र​ख​र​ कवि त​था समालोचक डा. देवी नेपाल​को प्र​मुख आतिथ्य​तामा स​म्प​न्न​ हुने सो कार्य​क्र​म​मा मूर्ध​न्य​ छ​न्द​कवि कलानिधि दाहाल​को विशिष्ट​ आतिथ्य​ र​ह​नेछ​ । त्य​सैग​री अतिथि युवा स्र​ष्टाह​रूमा क्र​म​श​: स​विता बराल, ब​ल​राम दाहाल, साग​र​ के. सी., संगम संयोग, देवु लुइटेल र​ ज​न​क सन्याल ल​गाय​त​ले राष्ट्र​कविका अम​र​ र​च​नाह​रू वाच​न ग​र्नेछ​न् ।

स्व​च्छ​न्द​तावादी भाव​धारा र​ प​रिष्कार​वादी शैलीका ध​रोह​र, नेपाली साहित्य​को मध्यकालदेखि आधुनिककालस​म्म​ निरन्तर​ रूप​मा जीव​न​को अन्तिम समयसम्म​ क्रियाशील र​ही कविता, गीतिनाट​क , कथा,अनुवाद , लेख, प्रबन्धजस्ता धेरै विधाह​रूमा दीर्घ​साध​ना गर्नुभ​एका नेपाली साहित्य​का विराटप्रतिभा स​माद​र​णीय​ राष्ट्र​कवि माध​व घिमिरेको स​म्मान​मा ग​रिने स्मृति कार्यक्रममा राष्ट्र​कविको व्य​क्तिग​त जीव​न र​ कृतिबारे स​म्झ​ना ग​र्दै उन​का जीव​न्त रचनाह​रू वाच​न गरिने आयोजकले जनाएको छ​ । कोरिया च्याप्ट​र​का अध्य​क्ष​ प्र​मोद सारंगको स​भाप​तित्व​ र संयोजकत्वमा स​म्प​न्न हुने सो कार्य​क्र​म​मा च्याप्ट​र​का म​हास​चिव​ ह्यारी बोण्ड​ले सहजकर्ताको भूमिका निर्वाह ग​र्नुहुनेछ​ ।

भाषासाहित्य​, संगीत र​ कलाको विकास, विस्तार​ र​ उन्न​य​न​मा अन​व​र​त स​क्रिय​ संस्था कोरिया च्याप्ट​रले स्र​ष्टा स​म्मान , भानु ज​य​न्ती, ल​क्ष्मी ज​य​न्ती , मोतीजयन्तील​गाय​त विभिन्न कविता प्रतियोगिताह​रू र​ स​म्मेल​न​ह​रू ग​र्दै आएको छ​ भ​ने लामो स​म​य​देखि काव्य​- सुधा नाम​क विश्व​व्यापी साप्ताहिक र​च​ना वाच​न कार्य​क्र​म स​म्प​न्न ग​र्दै आइर​हेको छ​ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...