पर्वत समाज कोरियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा जयराम रिमाल
दक्षिण कोरियामा रहेका पर्वत जिल्लाबासीहरुले सोमबार दोस्रो अधिवेशन गरी जयराम रिमालको अधयक्षमा नयाँ कार्यसमिती चयन गरेको छ । कोरोनाका कारण भर्चुयल जुम मार्फत गरिएको अनलाईन अधिवेशनले १६ सदस्यीय कार्यसमिती चयन गरेका छन् ।
जसमा शुरेश लामिछाने बरिस्ट उपाध्यक्ष , जनक क्षेत्री उपाध्यक्ष , जीवन पौडेल सचिव र बिनोद आचार्य सह सचिवमा चयन भएका छन् । त्यस्तै गरी कोपाध्यक्षमा आशिष गुरुङ्ग चयन भएका छन् भने सदस्यहरुमा शिब केसि, देबेन्द्र पौडेल , अमृत पौडेल, हरि लामिछाने, बिमल खत्रि, अमृत तिवारि, सुर्य पौडेल, शितल पंगालि रिजाल र शुगम आचार्य रहेका छन् ।
त्यसैगरी सल्लाहकारमा रुद्र शर्मा र किरण अधिकारि चयन भएका छन् ।