आदिबासी जनजाति महासंघ काेरियाकाे महाअधिवेशन नाेभेम्बर ७ मा हुने
नेपाल अादिवासी जनजाति महासंघ दक्षिण काेरियाकाे आइतबारका भएकाे भेलाले अादिवासी जनजाति महासंघ काेरियाकाे अधिवेशन नाेभेम्बर ७ मा हुने निर्णय गरेकाे छ । साथै महासंघकाे पूर्व महासचिव केशर दर्लामीमगरलाइ नेफिन अन्तर्राष्ट्रिय समन्वय समितिको बिधान समितिमा सिफारिस गरेकाे छ । महासंघकाे केन्द्रिय समिती सदस्य, संरक्षक, सल्लाहकार, कोरियामा क्रियाशील नेफिन कोरियाका शाखा र सम्बद्ध सम्पुर्ण जातीय संस्थाको अध्यक्ष सामुहिक बैठकले साे निर्णय गरेकाे हाे ।
वैठकमा आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय तदर्थ समितिको आगामी प्रथम महाधिवेशन र हाल सम्मको सम्पुर्ण गतिविधि बारेमा समितिका संयोजक मान बहादुर मगरले बिस्तृत रूपमा जानकारी दिएका थिए । उनले अन्तरक्रियामा उठेका विभिन्न जिज्ञासालाइ पनि सम्बोधन गरेका थिए । बैठकले नेफिन कोरिया र सम्बद्ध जातीय संस्थाहरुबीचको आपसी सहमतिमा नेफिन अन्तर्राष्ट्रिय समन्वय समितिको प्रथम महाधिवेशनको लागि साझा उम्मेदवार र प्रतिनिधिहरुको टुंगो लगाउने, आदिवासी उत्थान कोष कोरिया नेपाल २०२० को सन्चालन तथा संरक्षण सम्बन्धि कार्यबिधि निर्माण गरी व्यवस्थित गर्ने र नेफिन कोरियाको ७ औ महाधिवेशन आगामी नोभेम्बर ७ तारिख आइतबार सम्पन्न गर्ने निर्णय गरेकाे महासंघका बरिष्ठ उपाध्यक्ष वार्इवी मगरले जानकारी दिएका छन् ।
निर्णयहरू