Advertisement
SKIP THIS

एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?


गैर आवासीय नेपाली संघ एनआरएनको आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १० औ विश्व सम्मेलनको चर्चा चुलिदो छ । एनआरएनको नयाँ कार्यसमिति चुनिने सो सम्मेलनमा उम्मेदारी घोषणा गर्ने र जीतको पहल गर्ने हरप्रयासहरु जारी छन् । हरेक उम्मेदारहरुले आ आप्mनो प्रतिबद्धता संचारमाध्यम मार्फत सार्वजनिक गर्नेक्रम पनि जारी नै छ ।

यसैक्रममा दक्षिण कोरियाबाट एसिया प्यासीफिक क्षेत्रिय सह संयोजको लागि उम्मेदारी घोषणा गरेका यज्ञराज सुवेदीले पनि प्रतिबद्धता जाहेर गरेका छन् । उनले उम्मेदारी घोषणा कार्यक्रममा बोल्दै एसिया प्यासीफिक क्षेत्रिय समितिलाई व्यवस्थीत गर्नु पहिलो लक्ष्य रहेको बताएका छन्. । क्षेत्रिय समितीको सम्पर्क कार्यलय स्थापना गर्ने र आगामी कार्ययोजना तर्जुमा गरी आर्थिक बजेट निमार्ण गरेर समितीलाई व्यवस्थीत गर्ने स्पष्ट पारे ।

दक्षिण कोरियाबाट शुरु गरिएको दोस्रो पुस्तालाई नेपाली भाषा, कला र संस्कृती सिकाउने विद्यालय संचालनलाई नेपाल सरकारसंगको समुन्वयमा एसियाको अन्य देशमा पनि फैलाउने उनको दोस्रो लक्ष्य रहेको बताए । बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा संलग्न गराउन पहल गर्ने र विदेशमा आर्जन गरेको शिप, ज्ञान र धनलाई स्वादेशमा उचित लागनी गरी युवा पुस्तालाई रोजगार बनाउन मुख्य भुमिका खेल्ने सुवेदीको प्रतिबद्धता रहेका छन् ।

नेपालको ताप्लेजुगंमा जन्मेका सुवेदी २६ वर्ष अघि कोरिया प्रवेश गरेका हुन् । प्रवासी कामदारकोरुपमा कोरिया प्रवेश गरेका सुवेदीले एन्थ्रोपोलोजीमा माष्टर डिग्री गरेका छन् । उनले विभिन्न स्थानिय कोरियन संघ संस्थासंग सहकार्यमा अप्रवासी कामदारहरुलाई परामर्श र समस्या समाधान गर्दै आएका छन् । हाल कोरियाको सत्तारुढ दल डेमोक्रेटिक पार्टीका केन्द्रिय उपसमितीमा उपाध्यक्ष पदमा रही अप्रवासी कामदारको अधिकार बारे कार्यरत छन् । सुवदी एनआरएन कोरियाको सातौ कार्यसमिती (२०१९ – २०२१ ) को अध्यक्षमा रहेर संस्थालाई पहिलो पटक कोरियन प्रशासनमा दर्ता गराई एनआरएन कोरियाकै नामबाट बैंकमा खाता खोली आर्थिक कारोबारको शुरुवात गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...