विवादित नाेबेल पुरस्कारहरू


सन् २०२१ को नोबेल शान्ति पुरस्कार विजेताको घोषणा नेपाली समय अनुसार शुक्रवार ३ बजेर ४५ मिनेट जाँदा हुँदैछ।

के यसले विगतका केही अवसरमा सिर्जना भएझैँ विवाद सिर्जना गर्ला?

विश्वकै सबैभन्दा प्रतिष्ठित सम्मानका रूपमा रहेको नोबेल शान्ति पुरस्कार दिवङ्गत स्वीडिस वैज्ञानिक, व्यापारी तथा परोपकारी अल्फ्रेड नोबेलले सिर्जना गरेका ६ अवार्डमध्ये एक हो।

तर त्यसको राजनीतिक स्वरूपले गर्दा शान्तितर्फको पुरस्कार अन्य पाँच विधामध्ये सबैभन्दा धेरै विवादमा आउने गर्छ।

यहाँ केही सबैभन्दा विवादित घटना र एउटा उल्लेख्य चुकलाई प्रस्तुत गरिएको छ।

बराक ओबामा

ओबामा

सन् २००९ मा अमेरिकी राष्ट्रपति बराक ओबामाले नोबेल शान्ति पुरस्कार पाउँदा उनी स्वयंसहित धेरैजना चकित भएका थिए।

सन् २०२० मा पूर्व राष्ट्रपति ओबामाले आफ्नो आत्मवृत्तान्तमा पुरस्कार पाउँदा सुरुमा आफैले ‘केका लागि?’ भनेर प्रतिक्रिया जनाएको लेखेका छन्।

उनी पदमा पुगेको नौ महिना मात्र भएको थियो र आलोचकहरूले त्यसलाई अपरिपक्व निर्णय बताएका थिए।

अझ त्यसका लागि मनोनयन दर्ता गर्ने समय उनले शपथ लिएको १२ दिनमा सकिएको थियो।

सन् २०१५ मा नोबेल इन्स्चिच्यूटका पूर्वनिर्देशक गेर लुनस्टाले उक्त सम्मानको निर्णय गरेको समितिले त्यसप्रति खेद व्यक्त गरेको सङ्केत गरेका थिए।

ओबामाको दुई वर्षे कार्यकालमा अमेरिकी फौजहरू अफगानिस्तान, इराक र सिरियामा तैनाथ थिए।

यासिर अराफात

इजरेल-प्यालेस्टाइन

तस्बिरको क्याप्शन,अराफात (बायाँ)

यी दिवङ्गत प्यालेस्टिनी नेतालाई सन् १९९४ मा इजरेली प्रधानमन्त्री इत्हाक रबिन र इजरेली विदेश मन्त्री सिमोन प्यारेशसाथ उनीहरूले ओस्लो सम्झौताका लागि गरेको कामका लागि उक्त पुरस्कार दिइएको थियो।

सन् १९९० को दशकमा उक्त सम्झौताले इजरेल-प्यालेस्टेनी द्वन्द्वलाई समाधानको एउटा आशा देखाएको थियो।

त्यसअघि अर्धसैनिक गतिविधिमा संलग्न रहेका यासिर अराफातलाई सो पुरस्कार दिने निर्णयको इजरेल र अन्यत्र पनि आलोचना गरियो।

त्यसको मनोनयन हुँदा नै नोबेल समितिभित्र हलचल मच्चिएको थियो।

जसको विरोधमा उक्त समितिका एक सदस्य करे क्रिस्टियनसनले राजीनामा नै दिएका थिए।

आङ सान सू ची

म्यानमार

बर्मेली नेत्रीले सन् १९९१ मा सैन्य शासनविरुद्ध आफ्नो अहिंशात्मक सङ्घर्षका लागि नोबेल शान्ति पुरस्कार पाएकी थिइन्। तर २० वर्षभन्दा बढी समयपछि आङ सान सू ची चर्को रूपमा आलोचित बनिन्।

आफ्नै देशभित्र मुस्लिम रोहिन्ज्याहरूको आम हत्या र गम्भीर मानवअधिकार हनन विरुद्ध उनी बोल्न असफल भएको बताइयो। जुन सङ्कटलाई संयुक्त राष्ट्रसङ्घले आम नरसंहारको रूपमा व्याख्या गरेको थियो।

उनको पुरस्कार खोसिनुपर्ने माग समेत उठे। तर ६ वटै नोबेल पुरस्कारलाई नियमन गर्ने नियमले भने त्यस्तो अनुमति दिँदैन।

आबी अहमद

आभी अहमद

सन् २०२० को डिसेम्बरमा इथियोपियाका प्रधानमन्त्रीलाई छिमेकी इरिट्रियासँग लामो समयदेखि जारी सीमा द्वन्द्व समाधान गर्न गरिएको प्रयासका लागि उक्त पुरस्कार दिइयो।

तर त्यसको झण्डै एक वर्षपछि के उक्त निर्णय सही थियो त भनेर प्रश्नहरू उठ्न थाले। आबी अहमदले देशको उत्तरी टिग्रे क्षेत्रमा फौजहरू पठाइरहेका गतिविधिलाई अन्तर्राष्ट्रिय समुदायले आलोचनात्मक रूपमा हेरेको थियो। त्यहाँ भएको लडाइँले हजारौँको ज्यान लिएको छ जसलाई राष्ट्रसङ्घले ‘हृदय विदारक क्षति’ भनेको छ।

वाङगारी मादाई

वातावरण

केन्याकी दिवङ्गत अभियानकर्मी नोबेल पुरस्कार पाउने प्रथम अफ्रिकी महिला हुन्। सन् २००४ मा उक्त पुरस्कार पाएकी उनले एचआईभी र एड्सका विषयमा दिएको सतही प्रतिक्रियाका कारण आलोचित बन्यो।

उनले एचआईभी भाइरस जैविक हतियारका रूपमा कृत्रिम रूपमा बनाइएको र त्यो अश्वेत मानिसहरूलाई नष्ट गर्न बनाइएको भनेकी थिइन्। त्यस्तो हो भन्ने कुनै वैज्ञानिक प्रमाण छैन।

हेनरी किसिन्जर

किसिन्जर
किसिन्जर (दायाँ)

सन् १९७३ मा तत्कालीन अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जरले यस पुरस्कार पाएका थिए। अमेरिकी विदेश नीतिका केही विवादित घटनाक्रममा संलग्न भएका यी व्यक्तिलाई दिइएको पुरस्कारले धेरैलाई अचम्ममा पार्‍यो। कम्बोडियामा भएका गोप्य बम हमला र दक्षिण अमेरिकामा क्रूर सैन्य शासकहरूलाई सहयोग गर्ने जस्ता घटनाक्रममा उनको संलग्नता रहेको बताइन्छ।

किसिन्जरलाई उत्तर भियतनामी नेता ले डक थो सँगै भियतनाम युद्धमा युद्ध विराम गराउन भूमिका खेलेको भनेर पुरस्कृत गरिएको थियो। यससँगै नोबेल पुरस्कार समितिका दुईजना सदस्यहरूले राजीनामा दिए भने न्यूयोर्क टाइम्स पत्रिकाले त्यसलाई ‘नोबेल युद्ध पुरस्कार’ भनेर प्रतिक्रिया जनाएको थियो।

रित्तो हात गान्धी

गान्धी

नोबेल पुरस्कार चुकेका केही घटनाले समेत यस पुरस्कार चर्चित छ। शान्ति विधामा सबैभन्दा रिक्तता महसुस महात्मा गान्धीले पुरस्कार नपाउँदा भएको पाइन्छ।

कैयौँ पटक मनोनयनमा पर्दा समेत २०औँ शताब्दीका यी शान्तिवादी भारतीय राजनीतिज्ञले कहिल्यै यस पुरस्कार पाएनन्। सन् २००६ मा नर्वेका इतिहासविद् गेर लुन्डसेड जो तत्कालीन रूपमा शान्ति पुरस्कार छनौट समितिका अध्यक्ष थिए, उनले गान्धीको उपलब्धिलाई सम्मान गर्न नसक्ने काम नोबेल इतिहासको सबैभन्दा ठूलो चुक भएको बताएका थिए।

विविसी नेपाली सेवाबाट साभार

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...