Advertisement
SKIP THIS

दक्षिण कोरियाले प्रवासी श्रमिक पुनः प्रवेशमा गर्यो खुकुलो


दक्षिण कोरियाको श्रम तथा कानुन मन्त्रालयले विदेशी श्रमिकले सूरूको कम्पनी परिवर्तन गरेता पनि आफ्नो साहुले चाहेमा प्रतिबद्ध कामदार (कमिटेड वर्कर)को रूपमा कोरियामा पुनः प्रवेश गर्न सकिने नयाँ नियम पारित गरेको छ । यसबाट कोरियामा कार्यरत लाखौ इपिएस श्रमिक लावन्भित हुने देखिन्छ ।

यस अघि कम्पनी परिबर्तन नगरेका श्रमिक ४ वर्ष १० महिना एउटै कम्पनीमा बिताएकाले मात्र कम्पनीको मालिकको अनुमतिमा पुनः आउन पाउने दक्षिण कोरिया सरकारको नियम थियो ।

यो सगैं विभिन्न जुनसुकै कारणले कम्पनीमा परिवर्तन गरेका कामदर हालको कम्पनीमा एकवर्षभन्दामाथि अवधि काम गरेका जोसुकै प्रतिबद्ध कामदारको रूपमा सहजै आउन पाउने भएको छ । यदि अन्तिमको एकवर्ष एउटै कम्पनीमा काम नगरेको भएता पनि पहिलाको कम्पनिको कारणले कार्यस्थल परिबर्तन गरेको खण्डमा भने पुनः आउन मिल्ने श्रम मन्त्रालयको नियममा उल्लेख छ ।

कोरियन सरकारले केहि महिना पहिला कार्यस्थल परिबर्तन गरेतापनि उस्तै खालको काम गरेमा मात्र प्रतिबद्व कामदारको रुपमा आउन पाउने नियम ल्याएको भएतापनि यसबाट श्रमिकहरु खासै लाभान्वित हुन सकेका थिएन ।

यो कानून यहि अक्टोबर १४ तारिकबाट लागू हुने प्रवासी मजदुर युनियन दक्षिण कोरियाका अध्यक्ष उदय राइले जानकारी दिनुभयो । साथै यो नियम उत्पादनमुलक, कृषि तथा मत्स्यपालन लगाएत सम्पूर्ण क्षेत्रमा लागु हुने पछिल्लो श्रम नियमलाई समेत उदृत गर्दै अध्यक्ष राइले बताए ।

श्रमिकले स्वतन्त्र रुपमा कम्पनि परिबर्तन गर्न पाउनु पर्ने तथा कम्पनि परिबर्तन गरेतापनि कमिटेड कामदारको रुपमा पुनः कोरिया आउन पाउनु पर्ने माग राख्दै कोरियाका श्रमिक युनियनहरुः  एमटियु, केसिटियुले निरन्तर रुपमा सरकारलाई दवाव दिदै आएका छन् ।

साथै मन्त्रालयले विश्वब्यपी कोरोना महामारीले कोरियाको कम्पनीमा श्रमिक जनशाक्तिको अभाव हुदैँ गएपछि कोरियामा कार्यरत लाखौ इपिएस श्रमिक लक्षित नियममा खुकुलो गरेको अनुमान सहजै लगाउन सकिन्छ । यो नियम पारित भएपछि इपिएस श्रमिकहरुको हर्षित धेरै अभिव्यत्तिहरू सामाजिक सञ्जालमा देखिन्छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...