कोरियामा नौ देशको भूत परेडमा निस्कदै


दक्षिण कोरियामा सबै भन्दा ठूलो एशियाकै प्रतिनिधित्व गरेर विगत डेड दशकदेखि आयोजना गर्दै आएको सांस्कृतीक महोत्सव माइग्रेन्ट आरिराङ मल्टिकल्चर फेस्टिवल (माम्फ)मा यो वर्ष भूतको परेड निस्कने भएका छन् ।

माम्फमा होररपरेड ख्यङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको माइग्रेन्ट आरिराङ मल्टिकल्चर फेस्टिवल (माम्फ२०२१) यहि अक्टोबर २२, २३ र २४ तारिख हुने भएको छ । कोरोनाको कारण गत वर्ष अनलाइन कार्यक्रम गरिएको माम्फ यो वर्ष भने अनलाइन र अफलाइन गरिने आयोजकले जनाएको छ ।

विगतका इतिहासलाई हेर्ने हो भने माम्फमा विभिन्न सहभागी देशहरुले आफ्नो मौलिक भेषभूषा र संस्कृति झल्कने झाँकीहरु प्रस्तृत गर्दै आएका थिए भने यो पटकको मुख्य आर्कषण नै विभिन्न नौ मुलुकको डरलाग्दो भूतहरुको प्रस्तुती रहेको होररपरेड रहेको छ । होररपरेडमा नेपाल, श्रीलंका, म्यान्मार, चीन, भियतनाम, कम्बोडिया, इन्डोनेशिया, फिलिपिन र मंगोलले सहभागिता जनाएका छन् ।

आफ्नो देशको भूतसँग सम्वन्धित कला संस्कृतिलाई देखाउन खोजिएको उक्त होररपरेड प्रतियोगितामा उत्कृष्ट सहभागीलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । यो वर्षको माम्फमा सहभागी सबै देशलाई भूतको थिम दिइएको होररपरेडमा नेपालले विश्वभरी कोरोनाबाट ज्यान गुमाएका हजारौं आत्माहरुको शान्तिको कामना गर्दै बत्ती बालेर प्रार्थना गरेको विषयलाई प्रस्तुत गरेको छ ।

यो वर्ष माम्फको प्रमुख अतिथि देश नेपाल रहेको छ । कोरियाको छाङवन शहरको सङसान आर्ट हलमा शुक्रबार, सनिबार र आइतबार तीन दिनसम्म हुने माम्फ महोत्सवमा कोरियाका चर्चित के पप कलाकारहरुको आकर्षक प्रस्तुति रहने भएको छ भने एसिया पप म्युजिक कन्सर्टमा नेपालको तर्फबाट सुरेन घताङले सहभागिता जनाउने भएका छन् ।

त्यसैगरी बालबालिकाहरुको आकर्षक नृत्य सहित विभिन्न कार्यक्रमहरु रहेका छन् । कार्यक्रम अनलाइन र अफलाइन दुवैबाट हुने भएकोले पनि सुरक्षाको दृष्टिकोणले आयोजक त्यतिकै सक्रिय रहेको छ । कोभिडको कारण कार्यक्रममा सिमित मात्रामा दर्शकको सहभागीता गराउनुको साथै सहभागीहरुले कोरोना विरुद्धको खोप नलगाएकाहरुले एक दिन अघि पिसीआर टेष्ट गरी रिपोर्ट देखाउनु पर्ने छ भने खोप लगाएकाहरुलाई नपर्ने जनाएको छ । तथा कार्यक्रममा सहभागी हुन चाहनेहरुले आफ्नो नाम, परिचयपत्र नम्बर वा पासपोर्ट नम्बर अगाडि नै टिपाइसक्नु पर्ने आयोजकले जनाएको छ ।

सन् २००५ मा सुरु भएको माम्फले कोरियाली आप्रवासीहरुको सांस्कृतिक अधिकार, सांस्कृतिक विविधताको पहिचान गर्दै कोरियाली समुदायमा विभिन्न मुलुकको संस्कृति, भेषभूषालाई प्रवद्र्धन गर्दै आप्रवासीहरुको सांस्कृतिक पहिचान, भेदभाव रहित मानव अधिकार र संवेदनशिलतालाई प्रोत्साहित गर्दछ । दक्षिण कोरियामा सबै भन्दा ठूलो एशियाकै प्रतिनिधित्व गरेर आयोजना गर्दै आएको उक्त महोत्सव सांस्कृतिक विविधता बोकेको महोत्सव हो । आगामि दिनहरुमा यसलाई अझ वृहद बनाउने आयोजकको लक्ष्य रहेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...